

कांग्रेस विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन



काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनले गुरु घिमिरे र प्रदीप पौडेललाई पार्टीको महामन्त्री चयन गरेको छ। काठमाडौँस्थित भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट उनीहरू महामन्त्री पदमा निर्वाचित भएका हुन्।
नेता विश्वप्रकाश शर्माका अनुसार विशेष महाधिवेशनले युवा नेताद्वय घिमिरे र पौडेललाई महामन्त्रीको जिम्मेवारी सुम्पिएको हो। उनका अनुसार बाँकी पदाधिकारी टुंग्याउन महामन्त्री गगन थापा र अन्य पदाधिकारीका उम्मेदवारबीच छलफल जारी छ।
निर्वाचन समितिले बुधबार बिहान उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेको थियो। सो क्रममा महामन्त्री पदका लागि घिमिरे र पौडेलले मात्र उम्मेदवारी दर्ता गराएका थिए। कांग्रेसको विधानअनुसार पार्टीमा दुई महामन्त्री रहने व्यवस्था छ।
यसअघि कांग्रेसको १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा समूहबाट महामन्त्री पदका उम्मेदवार बनेका प्रदीप पौडेल गगन थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका थिए।


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया