
सभापति देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भृकुटीमण्डपमा भैरहेको विशेष महाधिवेशनमा उपस्थित हुने भनेर भ्रम फैलाइएको भन्दै उहाँको सचिवालयले खण्डन गरेको छ ।
देउवाका स्वकीय सचिव भानु देउवाले सूचना निकालेर सभापति विशेष महाधिवेशनमा जाने कार्यक्रम नरहेको जानकारी गराउनुभएको हो । ‘सामाजिक सञ्जालमा केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ । कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौँ’ सूचनामा भनिएको छ ।
कांग्रेसको केन्द्रीय कार्यसमितिले आउँदो वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरे पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा हिजोदेखि विशेष महाधिवेशन शुरू भएको हो । महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएका छन् । पार्टी सभापति देउवालगायत संस्थापन पक्षका नेताहरु भने उपस्थित भएका छैनन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया