

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन



नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ ।
केही समयदेखि अस्वस्थ रहेका ८४ वर्षीय दाहालको शुक्रबार साँझ काठमाडौंको वीर अस्पतालमा निधन भएको हो ।
स्वर्गीय दाहालको पार्थिव शरीर शनिबार बिहान ९ बजेसम्म निजी निवास मैतीदेवीमा श्रद्धाञ्जली अर्पणका लागि राखिने र साढे ९ बजे पशुपति आर्यघाटमा दाह संस्कार गरिने वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले जानकारी दिए ।
स्वर्गीय दाहालका श्रीमती र दुई छोरा छन् । श्रीमती सुधा दाहाल वीर अस्पतालमा उपचारको क्रममा रहेको बताइएको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा, वीपी विचारका सच्चा अभियन्ता दाहाल नेपाल पत्रकार महासङ्घका पूर्व सभापति समेत थिए ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया