

गुल्मी- १ मा एमालेबाट प्रदीप ज्ञवाली एकल सिफारिस, २ मा ६ जनाको नाम प्रस्तावित !



नेकपा एमाले गुल्मीको दुईवटा निर्वाचन क्षेत्र मध्ये १ नम्बर क्षेत्रमा प्रदीप ज्ञवालीको एकल नाम सिफारिस भएको छ भने २ नम्बर क्षेत्रमा केन्द्रीय उपाध्यक्ष गोकर्ण विष्ट, नेतृ रामकुमारी झाँक्री, राजेन्द्र अर्यालसहित ६ जनाको नाम प्रस्तावित छ ।
एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाका अनुसार १ नम्बर क्षेत्रमा नेता ज्ञवालीको एकल नाम क्षेत्रबाट आएको तर २ नम्बरबाट ६ जनाको नाम छलफलमा रहेपनि टुंगो लागेको छैन ।
२ नम्बर क्षेत्रीय कमिटीको यसअघिको बैठकमा नेता गोकर्ण विष्टको नाम एकल पठाउन प्रस्तावित भए पनि अन्य आकांक्षी पनि बोलेपछि कुनै निर्णय भएको छैन । यो बैठकमा नेतृ रामकुमारी झाँक्री,राजेन्द्र अर्याल, जीवन खरेल, कृष्णप्रसाद आचार्यले आकांक्षा राखेका थिए भने डाक्टर नगेन्द्र अर्यालले टेलिफोनमा नाम टिपाएका थिए ।
क्षेत्रीय कमिटी सचिव अर्जुन आचार्यले अहिलेसम्म कुनै निर्णय नभएको जनाएका छन् । ‘अध्यक्ष रितबहादुर थापा बिरामी परेर बुटवल जानुभएको छ, यसअघिको बैठकमा छ जनाले आकांक्षा राखेको हो, एकल नाममा सहमति भए विष्टको जान्छ नभए सबैको नाम जिल्लामा पठाउने नै हुन्छ होला’ उनले भने ।


खबर सबै
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन






प्रतिक्रिया