

गुल्मी- १ मा एमालेबाट प्रदीप ज्ञवाली एकल सिफारिस, २ मा ६ जनाको नाम प्रस्तावित !



नेकपा एमाले गुल्मीको दुईवटा निर्वाचन क्षेत्र मध्ये १ नम्बर क्षेत्रमा प्रदीप ज्ञवालीको एकल नाम सिफारिस भएको छ भने २ नम्बर क्षेत्रमा केन्द्रीय उपाध्यक्ष गोकर्ण विष्ट, नेतृ रामकुमारी झाँक्री, राजेन्द्र अर्यालसहित ६ जनाको नाम प्रस्तावित छ ।
एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाका अनुसार १ नम्बर क्षेत्रमा नेता ज्ञवालीको एकल नाम क्षेत्रबाट आएको तर २ नम्बरबाट ६ जनाको नाम छलफलमा रहेपनि टुंगो लागेको छैन ।
२ नम्बर क्षेत्रीय कमिटीको यसअघिको बैठकमा नेता गोकर्ण विष्टको नाम एकल पठाउन प्रस्तावित भए पनि अन्य आकांक्षी पनि बोलेपछि कुनै निर्णय भएको छैन । यो बैठकमा नेतृ रामकुमारी झाँक्री,राजेन्द्र अर्याल, जीवन खरेल, कृष्णप्रसाद आचार्यले आकांक्षा राखेका थिए भने डाक्टर नगेन्द्र अर्यालले टेलिफोनमा नाम टिपाएका थिए ।
क्षेत्रीय कमिटी सचिव अर्जुन आचार्यले अहिलेसम्म कुनै निर्णय नभएको जनाएका छन् । ‘अध्यक्ष रितबहादुर थापा बिरामी परेर बुटवल जानुभएको छ, यसअघिको बैठकमा छ जनाले आकांक्षा राखेको हो, एकल नाममा सहमति भए विष्टको जान्छ नभए सबैको नाम जिल्लामा पठाउने नै हुन्छ होला’ उनले भने ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया