

एमाले महाधिवेशन : नवनिर्वाचित पदाधिकारीहरूले गरे पद तथा गोपनीयताको शपथ ग्रहण



काठमाण्डाै – नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बासमक्ष नवनिर्वाचित पार्टी अध्यक्ष ओलीले शपथ लिनुभयो भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले शपथ गराउनुभयो ।
प्रतिस्पर्धी ईश्वर पाेखरेललाई पराजित गर्दै ओली तेस्राे कार्यकालका लागि अध्यक्ष बन्नुभयाे । यसैगरी उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले सबैभन्दा बढी मत प्राप्त गर्नुभयो भने अन्य उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गोकर्ण विष्ट र रघुजी पन्त हुनुहुन्छ ।
शङ्कर पोखरेल महासचिवमा विजयी हुनुभयो भने उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र योगेश भट्टराई विजयी हुनुभयो । सचिवमा खगराज अधिकारी, पद्मा अर्याल, हिक्मत कार्की, महेश बस्नेत, छविलाल विश्वकर्मा, यामलाल कँडेल, शेरधन राई, भानुभक्त जोशी, खगराज अधिकारी, राजन भट्टराई विजयी हुनुभयो ।
महाधिवेशनमा केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५/२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्यहरू निर्वाचित भएका छन् ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया