

दाङमा बस दुर्घटना : सबै घाइते डिस्चार्ज, चालक प्रहरी नियन्त्रणमा



दाङ | दाङमा भएको बस दुर्घटनामा परी घाइते भएका सबै २२ जना यात्रुहरू प्राथमिक उपचारपछि डिस्चार्ज भएका छन्।वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेका अनुसार बिहान भएको दुर्घटनामा २२ जना यात्रु घाइते भएका थिए । सबैलाई लमही अस्पतालमा प्राथमिक उपचार गरेपछि घर पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खसेको थियो।
दुर्घटनापछि बस चालक, डडेल्धुराको अमरगढी–७ का ३६ वर्षीय राजेन्द्र कैनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते यात्रुहरूमा डडेल्धुरा, कैलाली, बैतडी र प्युठानलगायत विभिन्न स्थानका बासिन्दा रहेका थिए।
प्रहरीले दुर्घटनाको कारण प्राविधिक समस्या हुन सक्ने अनुमान गरेको छ। बसको पत्ता भाँचिएको भन्दै बस चालकले प्रहरी समक्ष बयान दिएका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया