

दाङमा बस दुर्घटना : सबै घाइते डिस्चार्ज, चालक प्रहरी नियन्त्रणमा





दाङ | दाङमा भएको बस दुर्घटनामा परी घाइते भएका सबै २२ जना यात्रुहरू प्राथमिक उपचारपछि डिस्चार्ज भएका छन्।वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेका अनुसार बिहान भएको दुर्घटनामा २२ जना यात्रु घाइते भएका थिए । सबैलाई लमही अस्पतालमा प्राथमिक उपचार गरेपछि घर पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खसेको थियो।
दुर्घटनापछि बस चालक, डडेल्धुराको अमरगढी–७ का ३६ वर्षीय राजेन्द्र कैनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइते यात्रुहरूमा डडेल्धुरा, कैलाली, बैतडी र प्युठानलगायत विभिन्न स्थानका बासिन्दा रहेका थिए।
प्रहरीले दुर्घटनाको कारण प्राविधिक समस्या हुन सक्ने अनुमान गरेको छ। बसको पत्ता भाँचिएको भन्दै बस चालकले प्रहरी समक्ष बयान दिएका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया