

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत फेला परेका छन् । होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेका हुन् ।
वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेका अनुसार खनाल आफू सुत्ने कोठा भित्रै मृत फेला परेका छन् । ‘तीन तलाको होटलको पहिलो तलामा उहाँहरु सपरिवार बस्नु हुँदोरहेछ, आज बिहान कोठाभित्रै मृत फेला पर्नुभयो,’ इन्सपेक्टर पाण्डेले भने ।
घटनास्थलको प्रकृति हेर्दा खनालले आत्महत्या गरेको जस्तो देखिने उनले बताए । ‘कोठा भित्रबाट लक थियो । त्यसैले सुसाइड हो कि जस्तो देखिन्छ,’ इन्सपेक्टर पाण्डेले भने, ‘मुचुल्का उठाएर अनुसन्धान सुरु गरेका छौं ।’


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया