

मलेसियालाई हराउँदै नेपाल यु–१९ प्रिमियर कपको फाइनलमा


नेपाल संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसीसी यु–१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनलमा मलेसियालाई नौ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । यससँगै नेपाल एसिया कपमा छनोट भएको छ ।
मलेसियाले दिएको ५२ रनको सामान्य लक्ष्य नेपालले ७।५ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि भन्स क्षेत्री २७ बलमा सर्वाधिक २३ रन बनाउनुभयो । यस्तै, निश्चल खत्रीले १८ बलमा १५ रन बनाउँदा ओपनर निरजकुमार यादव चार रनमा आउट हुनुभयो ।
यसअघि युएईको अजमनमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १७।२ ओभरमा सबै विकेटको क्षतिमा ५१ रन बनाएको थियो । मलेसियाको लागि हम्जाह पङ्गगीले २० बलमा सर्वाधिक १३ रन बनाउनुभो । यस्तै, मोहमद फतुलले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले रन बनाउन सकेनन् ।
मलेसियालाई कम स्कोरमा रोक्न नेपालका नितिश कुमार पटेलले सर्वाधिक चार विकेट लिनुभयो । चन्दन रामले तीन तथा कप्तान अशोक धामी, अपराजित पौडेल र रोसन विश्वकर्माले समान एक विकेट लिनुभयो । नेपालले अब उपाधिको लागि सोमबार ओमान र युएईबिचको विजेतासँग खेल्नेछ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया