महेन्द्र मा.वि.काेपवामा बार्षिकाेत्सव ,अभिभावक भेला

रामबहादुर गन्धर्व । कपिलवस्तुकाे बाणगङ्गा नगरपालिका -५ काेपवा स्थित श्री महेन्द्र माध्यमिक बिद्यालय काेपवा कपिलवस्तुकाे ६५ औं बार्षिकताेत्सव ,अभिभावक भेला एवं अक्षयकोष छात्रवृत्ति बितरण मंगलबार सम्पन्न भएको छ। बाणगङ्गा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले कार्यक्रमकाे उदघाटन गरे । साेही अवसरमा बाेल्दै उनलेे यस क्षेत्रकाे सबैभन्दा पुरानो , पहिलो बिद्यालय भएकोले बिगत ८बर्षदेखि आर्थिक सहयोग गर्दै आएकाे र थप सहयोगका लागि आफुले भूमिका खेलेको बताए । बिद्यालयकि प्रचार्य तनुश्री भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ५६ जना दाताहरूबाट १३लाख रूपैयाँ जम्मा भएकोमा उक्त रूपैयाँकाे प्राप्त ब्याजबाट कक्षा १-५ सम्म सातसय ६-८ सम्म हजार र ९-१२सम्म दुई हजारका दरले जम्मा दुई लाख बत्तिस हजार छात्रवृत्ति बितरण गरिएको उनले जानकारी दिइन ।

यसै बीच बिद्यालयले कक्षामा उत्कृष्ट हुने छात्रछात्राहरूलाई नगद सहित खादाले सम्मान गर्नुका साथै दशकौंदेखि बिद्यालयकाे सहयोगी भूमिका निर्वाह गर्दै आएका पुर्व ब्यवस्थापन अध्यक्ष समेत रहेका वरिष्ठ समाजसेवी चिरञ्जीवी गिरीलाई दाेसल्ला सहित प्रमाणपत्रले सम्मान गरेको थियो । कार्यक्रममा पूर्व जिल्ला समन्वय समिति कपिलवस्तुका उपप्रमुख तारावती चौधरीले बिद्यालयलाई राजनीतिबाट टाढा राख्न सुझाउदै बिपन्न वर्ग समुदायका बिद्यार्थीकाे शैक्षिक अधिकारलाई ध्यान दिनुपर्नेमा जाेड दिदै बिद्यालयकाे प्रगतिकाे शुभकामना ब्यक्त गरिन ।

त्यस्तै वडा नम्बर ५का वडाध्यक्ष दुनिका प्रसाद भुसाल ,बाबुराम अर्याल लगायतले शैक्षिक गुणस्तर सुधारका लागि सबैकाे सहयोग आवश्यक रहेको बताए । आयाेजक संस्थाका पदाधिकारी , जनप्रतिनिधि ,स्थानीय समाजसेवी ,शिक्षाप्रेमी ,बुद्धिजीवी हरूकाे सहभागीता रहेको कार्यक्रम दधिराम आचार्यकाे अध्यक्षता पुर्व संबिधान सभा सदस्य बिश्रामप्रसाद थारूकाे बिशिस्ट आतिथ्यता र शिक्षक बासुदेव अर्यालकाे सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै