
हथौसा लिटल स्टारले जित्यो लुम्बिनी हबको उपाधी

राधा पाण्डे : क्वेस्ट नेपाल लुम्बिनी हबको आयोजनामा भएको १० औं हब कन्भेन्सनको उपाधी हथौसा लिटल स्टार ओदारिले हासिल गरेको छ । हरेक विधामा अब्बल रहेको यस विद्यालयका विद्यार्थीले हबको उपाधी समेत हात पारेका हुन् । हथौसा लिटल स्टारबाट शुक्रबार र शनिवार श्री सनलाइट इंग्लिस बोर्डिङ स्कूल शुद्धोदन गाउँपालिका १ बग्दि कपिलवस्तुमा आयोजना गरिएको एस क्यू सी (SQC) अन्तर्गत ट्रेजर हन्ट प्रतियोगितामा दिप्ती पाठक प्रथम, कोलाब्रेरेटिभ क्वालिटी क्वीज प्रतियोगितामा सिवान्स शुक्ला द्वितीय र स्टोरी फर्मेशनमा उन्नति पौडेलले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।
साथै १६ विद्यालयहरू सहभागी भएकोमा हथौसा लिटल स्टारले प्रथम स्थान हासिल गर्न सफल भएको हो। सो विद्यालयबाट ११६ जना विद्यार्थीहरु सबभन्दा बढी सहभागी भएर हाइएस्ट पार्टिसिपेन्स अवार्ड समेत प्राप्त गरेको छ । विद्यार्थीलाई सर्वगुण सम्पन्न व्यक्ति बनाउने उद्देश्यले स्थापना भएको यो संस्थाले कार्यक्रममा १६ विद्यालयलाई सहभागीता गराउँदै विद्यार्थी गुणस्तर वृत्तको भावना सँगै रचनात्मकता र सहकार्यको माध्यमबाट जीवन्त बनाउन उत्सुक रहेको देखिन्छ । “सुखी विद्यार्थी, समृद्ध भविष्य: एस. क्यु. सि. मार्फत सफलताको लागि कल्याणको संवर्द्धन” को नारालाई आत्मसात गर्दै विद्यार्थीहरूले सहकार्य, समस्या समाधान र नवीनताको प्रतिबिम्बित गर्दै उत्कृष्ट स्थान हासिल गर्दै आइरहेको विद्यालयका प्रधानाध्यापक सुन्दर पाण्डेको भनाई रहेको छ । कार्यक्रमले विद्यार्थी गुणिय चक्रको (SQC) माध्यमबाट विद्यार्थीमा समग्र गुणस्तर व्यक्तित्व निर्माण गर्ने, व्यक्तिको व्यक्तिगत र पेशागत जीवनमा गुणस्तरको पूर्ण अभ्यासलाई सिकाउने अनि निरन्तर सुधार, उत्कृष्टता र दायित्वबोधको अवधारणालाई अगाडी सारेको लुम्बिनी हब कोर्डिनेटर मदन मल्लले बताउनुभयो ।

विद्यालयमा दैनिक विभिन्न अतिरिक्त क्रियाकलाप हुने गरेको र ती विविध क्रियाकलापले विद्यार्थीलाई हौसला प्रदान गर्ने भएकोले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धामा विद्यार्थीहरु अब्बल हुन पुगेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक रेसौराज खनालले जानकारी दिनुभयो । विजेताहरू ट्रफी , प्रमाण पत्र र मायाको चिनोबाट सम्मानित भएका थिए ।
क्वेस्ट नेपाल लुम्बिनी हब कोअर्डिनेटर मदन मल्लको अध्यक्षता, श्री सनलाइट इंग्लिस बोर्डिङ स्कूलका प्रधानाध्यापक सङ्गीता पाण्डेको स्वागतका साथै लुम्बिनी हब सचिव डम्बर बहादुर सोमै, लगायत होस्ट विद्यालयका विद्यार्थी प्रज्ञा पाण्डे र असिद भुसालको संचालनमा कार्यक्रम सप्पन्न भएको थियो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया