

प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने



काठमाडौं । निर्वाचन आयोग, नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ को विस्तृत निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) र समानुपातिक दुबै प्रणालीतर्फका कार्यक्रम आयोगको आइतबार बसेको बैठकले निर्णय गरेको हो ।
जसमा प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम अनुसार माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयन पत्र दर्ता गर्न पाउने आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार त्यहिँ दिन बेलुका ५ बजेदेखि ७ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित गरिनेछ ।
मनोनयनविरुद्ध उजुरी दिने समय माघ ७ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म तोकिएको छ । त्यसै दिनदेखि माघ ८ गते बेलुका ५ बजेसम्म उजुरी र मनोनयनको छानबिन हुनेछ । अन्तिम मनोनयन सूची माघ ८ गते बेलुका ५ देखि ७ बजे प्रकाशित हुनेछ ।
उम्मेदवारी फिर्ता लिन चाहनेका लागि माघ ९ गते बिहान १० दिउँसो १ बजेसम्म समय खुला रहनेछ । त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेको बीच अन्तिम नामावली प्रकाशित हुनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिन्ह प्रदान गरिनेछ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया