

प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने



काठमाडौं । निर्वाचन आयोग, नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ को विस्तृत निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) र समानुपातिक दुबै प्रणालीतर्फका कार्यक्रम आयोगको आइतबार बसेको बैठकले निर्णय गरेको हो ।
जसमा प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम अनुसार माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयन पत्र दर्ता गर्न पाउने आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार त्यहिँ दिन बेलुका ५ बजेदेखि ७ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित गरिनेछ ।
मनोनयनविरुद्ध उजुरी दिने समय माघ ७ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म तोकिएको छ । त्यसै दिनदेखि माघ ८ गते बेलुका ५ बजेसम्म उजुरी र मनोनयनको छानबिन हुनेछ । अन्तिम मनोनयन सूची माघ ८ गते बेलुका ५ देखि ७ बजे प्रकाशित हुनेछ ।
उम्मेदवारी फिर्ता लिन चाहनेका लागि माघ ९ गते बिहान १० दिउँसो १ बजेसम्म समय खुला रहनेछ । त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेको बीच अन्तिम नामावली प्रकाशित हुनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म निर्वाचन चिन्ह प्रदान गरिनेछ ।


खबर सबै
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री






प्रतिक्रिया