

विश्व साइकलयात्री पुष्कर शाहद्वारा लिखित ‘मृत सागरदेखि सगरमाथासम्म’ पुस्तक लोकार्पण



विश्व साइकलयात्री पुष्कर शाहले लेखेको पुस्तक ‘मृत सागरदेखि सगरमाथासम्म’ आज एक विशेष समारोहबीच लोकार्पण गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो । समारोहमा लेखक शाहले आफ्नो बाल्यकालदेखि विश्व साइकलयात्रासम्मको जीवनकथा यस पुस्तकमा समेटिएको जानकारी गराए ।
उनले भने, ‘मैले सानो गाउँमा बिताएको बाल्यकालदेखि लिएर विश्वभरिका देशमा साइकल चलाउँदासम्मका अनुभव, सङ्घर्ष र उपलब्धिहरू यस पुस्तकमा लेखेको छु । यो केवल मेरो यात्रा होइन, विश्वभरका मानवताका साझा सपना र असिम सम्भावनाको कथा पनि हो ।’
विश्वयात्राका क्रममा आफूले विभिन्न संस्कृतिका मानिसहरूसँग भेटेको र कहिले कठिन परिस्थिति भोगेको कहिले असाधारण सहयोग पनि पाएकाले ती सबै अनुभवहरूले आफूलाई नयाँ दृष्टिकोण र जीवन दर्शन सिकाएको शाहले बताए ।
कार्यक्रममा उपस्थित वक्ताहरूले पुष्कर शाहको यात्रालाई नेपालको गौरवको विषय बताउँदै उनको अनुभवबाट नयाँ पुस्ताले धेरै प्रेरणा लिन सक्ने उल्लेख गरेका थिए ।
पुष्कर शाहले सन् १९९८ देखि करिब ११ वर्षसम्म विश्वका एक सय ५० भन्दा बढी देशमा साइकलयात्रा गरी विश्व शान्तिको सन्देश फैलाएका थिए ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया