

कपिलवस्तुमा मतदाता नामावली नाम दर्ता गराउन सेवाग्राहीलाई सास्ती, छिनछिनमै सर्भर डाउनको समस्या



कपिलवस्तुमा निर्वाचान आयोगको कार्यालयमा पुगेर मतदाता नामावली नाम दर्ता गराउन सेवाग्राहीलाई सास्ती खेप्नु परेको गुनासो बढेको छ । जिल्ला निर्वाचन कार्यालय तौलिहवामा पुग्ने सेवाग्राहीहरु घन्टौ लाइनमा उभिन बाध्य हुनुपरेको हो ।
पछिल्ला दिनमा कार्यालयमा बिहान ६ बजेदेखि राति ९ बजेसम्म सेवाग्राहीको भिड हुने गरेको छ । एकातिर सर्भर डाउनको समस्या अर्कोतिर दुईटा मात्रै काउन्टर भएकाले समस्या पर्ने गरेको निर्वाचन कार्यालयका प्रमुख कमल भुसालको भनाईलाई उदृत गर्दै सेवाग्राही निराशा व्यक्त गर्ने गरेका छन् । यहाँ दैनिक यस्तै अवस्था रहे कार्तिक ३० गते भित्र धेरैजनाको मतदाता नामावलीमा दर्ता गराउन छुट्ने देखिएको छ ।
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि पछिल्ला केहि दिन देखि नागरिकहरु आफ्नो नाम मतदाता नामावलीमा समावेश गराउन दिनहुँ जिल्ला निर्वाचन आयोगको कार्यालयमा धाउने गरेका छन् ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया