

एशियन कप छनोट : मलेशियासँगको हार उल्ट्याउन फिफासमक्ष नेपालको निवेदन



एएफसी एशियन कप छनोटका क्रममा मलेशियासँग हार व्यहोरेको नेपालले नतिजा उल्ट्याउन विश्व फुटबलको सर्वाेच्च निकाय फिफासमक्ष औपचारिक निवेदन दिएको छ ।
एशियन कप छनोटमा गएकाे मार्च २५ मा मलेशियासँगको खेलमा नेपाल २–० गोलले पराजित भएको थियो । छनोट प्रतियोगितमा भाग लिने मलेशियन खेलाडी प्रतिबन्धित भएसँगै फिफासमक्ष नेपालले निवेदन दिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।
गएको महिना फिफाले मलेशियाको राष्ट्रिय फुटबल टोलीमा संलग्न ७ जना विदेशी खेलाडीलाई एक वर्षका लागि प्रतिबन्ध लगाउँदै मलेशियाको फुटबल सङ्घ (एफएएम) लाई ४ लाख ४० हजार अमेरिकी डलर जरिवाना गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी ‘एएफपी’ ले जनाएको छ ।
मलेशियाको तर्फबाट खेलेका ती ७ जना खेलाडीले आफ्ना मलेशियाली पुर्खाको दाबी गर्न नक्कली कागजात प्रयोग गरेको फिफाको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । फिफाका अनुसार तिनीहरूमध्ये कसैको पनि आमाबाबु वा हजुरबुबा मलेशियामा नजन्मिएका एएफपीले जनाएको छ ।
प्रतिबन्धित ती ७ खेलाडी गएको जुनमा भियतनामसँगको खेलमा पनि सहभागी भएका र त्यो एशियन कप छनोटमा मलेशिया ४–० गोलले विजयी भएको थियो ।
एशियन कप छनोटमा अहिलेसम्म ४ खेल खेलेको नेपाल अङ्कविहीन हुँदै समूह ‘एफ’ को पुछारमा छ । मलेशिया १२ अङ्कका साथ शीर्ष स्थानमा छ भने भियतनाम ९ अङ्कसहित दोस्रो र लाओस ३ अङ्कसहित तेस्रो स्थानमा छ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया