

मौसम परिवर्तनसँगै रुघाखोकी र ज्वरोका बिरामी बढे





नेपालगन्ज । मौसम परिवर्तन भएसँगै हाल आएर बाँके जिल्लामा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन्।
एकसाता अघिसम्म रहेको अत्यधिक उम्सो गर्मी र त्यसपछि भएको वर्षाका कारण जिल्लामा ज्वरो, रुघाखोकी, निमोनिया र पखालाका बिरामीको सङ्ख्या बढेको अस्पतालले जनाएका छन्।
भेरी अस्पतालका सूचना अधिकारी एवं वरिष्ठ फिजिसियन डा. सङ्केतकुमार रिसालका अनुसार उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने लगायतका लक्षण देखिने बिरामी अहिले फेरि अस्पतालमा सबैभन्दा बढी आउने गरेका छन्।
दसैँको बिदाको बेलासमेत भेरी अस्पतालको इमर्जेन्सीमा त्यस्ता बिरामी धेरै आएको जनाउँदै उहाँले बिदापछि अस्पतालका सेवा पूर्णरूपमा सञ्चालनमा आएपछि भाइरल फ्लुका बिरामी आइरहेको बताउनुभयो।
नेपालगन्जस्थित सञ्जीवनी अस्पतालले पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण भाइरलफ्लुका बिरामी उपचारका लागि अस्पतालमा धेरै आइरहेको जनाएको छ।
सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोमन किदवाईले पछिल्लो समयमा रुघाखोकी, ज्वरो र पखाला लगायतका धेरै बिरामी अस्पतालमा उपचार गराउन आएको बताउनुभयो।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया