
असल नेतृत्व चयन र युवा हक अधिकार सुनिश्चित गर्न भलवाडका युवाहरुबीच अन्र्तक्रिया

कपिलवस्तु | कपिलवस्तुको बाणगंगा ९ भलवाडमा विकराल राजनैतिक परिवेशबाट परिवर्तन चाहने युवाहरुको सहभागितामा एक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ९ भलवाड भित्रका सबै टोलमा रहेका युवाहरुको उपस्थितिमा उक्त अन्र्तक्रिया कार्यक्रम आइतबार भएको हो ।
खासगरी वडा भित्रको राजनीतिक नेतृत्व परिवर्तन र यसमा युवाहरुको उपस्थिति र सहभागितालाई मुख्य मानेर आगामी दिनमा यहाँका सबै युवाहरुको एकतासहितको सहभागिता र भावी युवाहरुको नेतृत्व कसरी हुन सक्छ भन्ने विषयमा छलफल भएको थियो ।
वडा नम्बर ९ को पडरिया कुटीमा आयोजित अन्र्तक्रिया कार्यक्रम भलवाड स्वतन्त्र युवा संजाजको माध्यमबाट वडा भित्रका सबै युवाहरुलाई समेट्ने बताएको छ । उक्त संजालका संयोजक मित्र पौडेलको संयोजकत्वमा आयोजित अन्र्तक्रियामा भलवाडका युवाहरु एक जुट होऔँ भन्ने मुख्य उद्देश्य राखिएको अन्र्तक्रियामा बोल्ने वक्ताहरुको भनाइ थियो ।
उक्त अन्र्तक्रियामा भलवाडका युवाहरु विष्णु खनाल, योगेन्द्र पौडेल, हिमु खनाल, गोपाल पाण्डे, उमानन्द अधिकारी, चुरामणी अर्याल, हिरा. बहादुर कार्की, तारा प्रसाद खनाल, दामु पुरी, विष्णु पाण्डे, रोशन पाण्डे, मधु बहादुर राना लगाएत ७० बढी युवाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम भलवाड स्वतन्त्र युवा संजालका संयोजक मित्र पौडेलको संयोजकत्व तथा नमु गुरुङको संचालनमा सम्पन्न भएको हो ।
उक्त अन्र्तक्रियामा सहभागि युवाहरुले भलवाडमा असल नेतृत्व चयन र त्यसमा युवाहरुको उपस्थितिलाई प्रभावकारी बनाउने गरी लाग्ने प्रतिबद्धता जनाएका छन् । यहाँको नेतृत्वदायी ठाउँ र निर्णायक स्थानमा युवाको उपस्थिति सुनिश्चित गर्न भलवाड स्वतन्त्र युवा संजालले नविन विचारका साथ काम गर्नुपर्ने सहभागिहरुले बताएका छन । यसबाहेक युवाहरुका हक अधिकारहरु पनि सुनिश्चित गर्न सामुहिक आवाज आवश्यक रहेको भन्दै त्यसका लागि पनि काम गर्नुपर्ने बताएका थिए ।
सम्पन्न पहिलो भेला तथा अन्र्तक्रियाले भलवाडका टोलगत रुपमा युवाहरुबीचको सम्पर्क तथा समन्वय व्यक्ति समेत चयन गरेको छ भने दोस्रो बैठक आउँदो असोज तीन गते बस्ने निर्णय भएको जानकारी दिएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया