

मोटरसाइकल दुर्घटनामा घाइते एकको उपचार क्रममा


दाङमा शनिबार बेलुका भएको मोटरसाइकल दुर्घटनाका घाइतेमध्य एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको राप्ती गाउँपालिका– ५ का ४६ वर्षीय देवराज चौधरीको उपचारका क्रममा राति साढे ९ बजेतिर मृत्यु भएको हो।
तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले बताए।
दुर्घटनामा परी चौधरीको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको थियो। उनी लु ३४ प ५४०६ नम्बरको मोटरसाइकलमा सवार थिए । चौधरी घोराहीबाट तुलसीपुर तर्फ आउँदै थिए ।
तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको लु.प्र.०२–००१ प ११२१ नम्बरको मोटरसाइकल र चौधरीले चलाएको लु ३४ प ५४०६ नम्बरको मोटरसाइकल तुलसीपुर उपमहानगरपालिका – १८ दुधराशमा आपसमा ठोक्किएका थिए।
दुर्घटनामा परी लु.प्र.०२–००१ प ११२१ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–५ का २७ वर्षीय नवराज पौडेल र पछाडि सवार बाराको विश्रामपुर गाउँपालिका – २ घर हाल तुलसीपुर–५मा बस्ने १८ बर्षीय रोशन पण्डित घाइते भएका थिए।
उनीहरु दुवैको हातखुट्टा, अनुहार, टाउको र छातिमा चोट छ । दुबै घाइतेको राप्ती प्रादेशिक अस्पताल पछि सिटी हस्पिटल तुलसीपुरमा उपचार जारी छ।
दुर्घटना पछि अस्थायी प्रहरी पोष्ट बेलझुण्डीबाट प्रहरी सहायक निरीक्षक सौजन डाँगीको कमाण्डमा खटिगएको टोलीले घाइतेलाई उद्धार गरि अस्पताल पठाएको थियो । दुवै मोटरसाइकल बेलझुण्डी प्रहरीको नियन्त्रणमा छन्। दुर्घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।
स्कुटरको ठक्करबाट पैदलयात्री घाइते
शनिबार बेलुकी ६ बजे तुलसीपुर – ११ उरहरी चोक नजिक रा ५ प ८०७० नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
सितलपुरबाट उरहरी तर्फ आउदै गरेको स्कुटरको ठक्करबाट पैदलयात्री तुलसीपुर – ११ की ६१ वर्षीया सिवा देवकोटा र स्कुटी चालक तुलसीपुर – १२ का ४३ वर्षीय ईश्वरी केसी घाइते भएका छन्।
दुवै घाइतेको टाउको र अनुहार लगायत शरीरका विभिन्न भागमा चोट पटक छ।
दुवै घाइको अवस्था मध्यम छ। दुवै जनाको उपचार राप्ती प्रादेशिक अस्पताल पछि सिटी हस्पिटल तुलसीपुरमा भइ रहेको छ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया