

तनहुँको आँबुखैरेनीनजिकै ऐना पहरामा बस दुर्घटना हुँदा सात जना घाइते



तनहुँको आँबुखैरेनीनजिकै ऐना पहरामा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्। आइतबार अपराह्न सवा ४ बजेतिर आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहरानजिकै बस सडकबाट तल खसेको हो।
गोरखाबाट नारायणगढ जाँदै गरेको उक्त बस दुर्घटनामा परी सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।
ग २ ख १०७७ नम्बरको बसमा भएका यात्रुहरू पर्यटकीय क्षेत्र ऐनापहरा हेर्न बसबाट ओर्लिएका थिए।
केही यात्रु भने बसभित्रै थिए। बस रोकेर ‘ओट’ लगाउने क्रममा नरोकिएर आफै सडकबाट तल झरेको प्रहरी निरीक्षक अधिकारीले बताए।
‘घाइतेलाई आँबुखैरेनी अस्पताल पठाइएको छ। अहिलेसम्म प्रारम्भिक सूचना अनुसार ऐनापहरा हेर्न यात्रुहरू झरे। गाडी रोकेको ठाउँमा ओट लागेन, त्यसपछि खसेको हो,’ उनले भने।
बसभित्र अरू यात्रु रहे, नरहेको हेर्ने काम भइरहेको उनले बताए।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाका अनुसार उद्धारका लागि सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नम्बर २३ मनकामना गण तनहुँबाट टोली खटिएको छ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया