

कलिलैमा विवाह, उमेर पुगेपछि सम्बन्धमा दरार, कपिलवस्तुमा सम्बन्ध बिच्छेदका घटना वृद्धि





कपिलवस्तु | उमेर नपुग्दै सानै उमेरमा विवाह गर्ने र उमेर पुग्दै परिपक्क हुँदा श्रीमान–श्रीमतीका सम्बन्धमा दरार उत्पन्न हुँदा अन्ततः सम्बन्ध बिच्छेदमा पुगेर टुङ्गिने गरेका छन् । कलिलै उमेरमा प्रेम विवाह गर्ने तर त्यसलाई व्यवस्थापन गर्न नसक्दा सम्बन्ध प्रगाढ नहुँदै टुट्ने गरेको पाइएको हो ।
दम्पत्तीमा परिपक्वताको अभाव, जिम्मेवारी वहन गर्न नसक्ने अवस्था, र भावनात्मक अपरिपक्वता जस्ता कारणले गर्दा प्रेम विवाह गर्ने युवायुवतीहरूबीच वैवाहिक सम्बन्ध लामो समयसम्म टिक्न नसकेको पाइएको छ।
सामाजिक सञ्जाल र प्रविधिको बढ्दो पहुँचसँगै किशोर–किशोरीहरू सानो उमेरमै प्रेम सम्बन्धमा गाँसिन्छन्। प्रारम्भमा गहिरो माया र भरोसाका आधारमा विवाह गर्ने निर्णय भए पनि वैवाहिक जीवनमा भोग्नुपर्ने सामाजिक, आर्थिक र पारिवारिक जिम्मेवारीप्रति उनीहरू तयार नहुनुले अन्ततः सम्बन्धमा दरार उत्पन्न हुन्छ ।
समाजशास्त्रीहरूको भनाइमा, विवाह जीवनको महत्त्वपूर्ण मोड हो जुन परिपक्व सोच र निर्णय क्षमताको आधारमा गरिनु आवश्यक हुन्छ । तर हालको प्रवृत्तिमा १८ वर्ष नपुगेका वा करिब–कम उमेरमा विवाह गर्ने युवाहरूबीच सम्बन्ध लामो समयसम्म कायम राख्न गाह्रो हुने गरेको घटनाक्रमले देखाउने गरेका छन् ।
कपिलवस्तुमा सबन्ध बिच्छेदका मुद्दा बढ्दै गएको छ । नयाँ मुलु्की संहीताअनुसार पुरुषले पनि सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराउन पाउने भएकाले संख्या बढदै गएको हो ।
अदालतको तथ्यांक अनुसार ६ वर्षयता कुल १ हजार ९७९ मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्ष २०८१–०८२ मा सम्बन्ध बिच्देदका ४९३ मुद्दा दर्ता भएका छन् । जसमध्ये ३८७ नयाँ दर्ता र १०६ वटा जिम्मेवारी सरेर आएको थियो । यो अवधिमा अदालतले ३८२ वटा मुद्दाको भने छिनोफानो गरेको छ ।
आर्थिक वर्ष २०८०–०८१ मा अघिल्लो आर्थिक वर्ष जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका गरी कुल ४५० मुद्दा दर्ता भएका थिए । गतवर्ष नयाँ दर्ता २८६ र अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरेर आएका १६४ मुद्दा थिए । त्यसमध्ये ३४४ मुद्दा फैसला भएको र १०६ मुद्दा जिम्मेवारी सारिएको थियो ।
आर्थिक वर्ष २०७९–०८० मा कुल ३४५, आर्थिक वर्ष २०७८–०७९ मा कुल ५१२, आव २०७७–०७८ मा २६८ र २०७६–०७७ मा १७१ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए ।
घरको व्यवहार र खटपट सहन नसकेपछि सम्बन्ध बिच्छेद गर्न आउनेको संख्या दैनिक बढदै गएको अदालतका अधिकारीहरु नै बताउँछन् । अदालतमा आएका मुद्दा अनुसार सम्बन्ध बिच्छेदका लागि १८ देखि ३० वर्ष उमेरका पुरुष र महिलाहरुले निवेदन दिने गरेका छन् ।
विवाहपछि घर–परिवार, काम, भविष्यको योजना, सन्तानको जिम्मेवारीजस्ता कुरामा आपसी समझदारी नहुँदा झगडा, मनमुटाव हुँदै सम्बन्ध विच्छेदसम्म पुग्ने गरेको घटनाहरू बढिरहेका छन्। कानुनी निकायमा दर्ता हुने सम्बन्ध विच्छेदका उजुरीमध्ये अधिकांश जोडीहरू २०–३० वर्ष उमेर समूहका हुने गरेका छन्।
यस समस्याबाट जोगिनका लागि अभिभावक, शैक्षिक संस्थान, र समाजको भूमिका महत्त्वपूर्ण हुने विज्ञहरू बताउँछन्।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया