
लुम्बिनी प्रदेशमा मानव र वन्यजन्तुबीचको द्वन्द्व दिन प्रतिदिन गम्भीर बन्दै, एक वर्षमा ७ जनाले ज्यान गुमाए

लुम्बिनी प्रदेशमा मानव र वन्यजन्तुबीचको द्वन्द्व दिन प्रतिदिन गम्भीर बन्दै गएको छ । प्रदेशका बाँके, बर्दिया र कपिलवस्तु जिल्लामा वन्यजन्तुको आक्रमणका कारण गएको एक वर्षको अवधिमा ७ जनाले ज्यान गुमाएका छन् ।
प्रदेश वन निर्देशनालयका अनुसार बाँके र कपिलवस्तुमा २र२ र बर्दियामा ३ जनाको मृत्यु भएको छ । त्यस्तै, १८ जना घाइते भएका छन् । बाँके र नवलपरासीमा २।२, बर्दियामा ७, दाङमा ३ र कपिलवस्तुमा ४ जना मानिस घाइते भएका हुन् ।
वन्यजन्तुको आक्रमणबाट १४४ वटा पशुचौपायाको समेत ज्यान गएको छ । अर्घाखाँचीमा ५१, बर्दियामा ९०, दाङ र कपिलवस्तुमा जनावर मृत्यको घटना एक–एक रहेका छन् । त्यस्तै, सोही अवधिमा २३ वटा वन्यजन्तु पनि मरेको विवरण सार्वजनिक गरिएको छ ।
वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८१र८२ को वार्षिक समीक्षामा मानव–वन्यजन्तु द्वन्द्वलाई चिन्ताजनक भन्दै दीर्घकालीन समाधानको खाँचो औँल्याइएको छ । बर्दिया डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले वन क्षेत्रहरू एकआपसमा नजोडिएको र मानव बस्ती बिचमा परेकाले द्वन्द्व बढिरहेको बताए । उनले वन्यजन्तुहरूलाई सुरक्षित आवागमन सुनिश्चित गर्न जंगललाई जंगलसँग जोड्नुपर्ने धारणा राखे ।
यस्तै, बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले वन्यजन्तुको वासस्थान खुम्चिएपछि द्वन्द्व बढेको उल्लेख गरे । उनका अनुसार निकुञ्जभित्र राजमार्ग, नहर, हाइटेन्सन लाइन जस्ता संरचनाले वासस्थानमा असर पारेको छ । गोष्ठीमा एकीकृत विकास र संरक्षणको नीतिलाई प्राथमिकतामा राख्दै साझा योजनाका साथ अगाडि बढ्नुपर्ने सुझावहरू आएका छन् ।
प्रदेश वन निर्देशनालयका निमित्त महानिर्देशक प्रभात सापकोटाका अनुसार वन व्यवस्थापनमार्फत गतवर्ष एक अर्ब ८७ करोड ३१ लाख रुपैयाँ राजस्व प्रदेश सञ्चित कोषमा जम्मा भएको छ ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा। डिल्लीराज अर्यालले वन क्षेत्रलाई सम्भावनायुक्त क्षेत्रका रूपमा पहिचान गरी प्रभावकारी योजनामार्फत परिचालन गर्नुपर्ने बताए ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डिलाराम पन्थीले आन्तरिक स्रोतमा वन क्षेत्रको योगदान उल्लेख्य रूपमा बढेको र प्रतिस्पर्धात्मक कार्य प्रणाली आवश्यक भएको धारणा राखे ।
त्यस्तै, मन्त्रालयका सचिव प्रमोद भट्टराईले वन, जलाधार संरक्षण, जलवायू परिवर्तन तथा मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि साझा प्रयास अपरिहार्य रहेकोमा जोड दिए ।
वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले वन व्यवस्थापनबाटै प्रदेश समृद्ध बनाउन सकिने बताए । उनले संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
मन्त्री कलवारले सुख्खा र खडेरीका कारण वन तथा वन्यजन्तुमा पर्ने असरप्रति पनि समयमै ध्यान दिनुपर्नेमा जोड दिए ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया