टी-२० विश्वकप छनोटका लागि नेपालको क्लोज क्याम्प (हेर्नुहोस तस्विरमा)

आईसीसी टी-२० विश्वकपको एसिया र पूर्वी एसिया प्यासिफिक छनोटका लागि नेपाली टोलीको क्लोज क्याम्प सुरु भएको छ । बिहिवारबाट सुरु भएको क्लोज क्याम्पमा ३२ खेलाडी सहभागी छन् । 

क्याम्पमा लामो समयपछि अलराउन्डर मोहम्मद आदिल आलमले पनि कमब्याक गरेका छन् । नेपालले आगामी अक्टोबरमा ओमानमा हुने टी-२० विश्वकप छनोट खेल्नेछ । उक्त प्रतियोगितामा समूह २ मा परेको नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

closh camp

प्रतियोगितामा ९ वटा टिम सहभागी रहनेछन् । सुपर सिक्सको अन्त्यमा शीर्ष ३ टोलीले भारत र श्रीलंकामा सन् २०२६ मा आयोजना हुने टी-२० विश्वकपमा स्थान बनाउनेछन् । उक्त छनोटअघि नेपालले विभिन्न देशमा अभ्यास खेल खेल्नेछ ।

oling mechine
May be an image of 2 people, people playing American football, people playing football, people playing tennis and text
May be an image of 3 people and text
May be an image of 2 people and text
May be an image of 2 people, beard and text

प्रतिक्रिया

खबर सबै