

बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल र दर्जनौँ गाडी बगायो



छिमेकी चीनको तिब्बत क्षेत्रतर्फको अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन सिमानाका रसुवागढीस्थित मितेरीपुल भाँचिएको छ। आज बिहान ३:१५ बजे गोसाइँकुण्ड गाउँपालिका–२ मा अवस्थित पुल बिचबाट भाँचिएर बगाएको सशस्त्र प्रहरी बल टिमुरेले जनाएको छ।
बाढीले टिमुरेस्थित भन्सार यार्डमा पसेर केही लोड कन्टेनर डिब्बाहरू तथा पार्क गरिएको करिब ७/८ वटा विद्युतीय गाडीहरू पनि बगाएको छ। साथै, रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।
यसैगरी भन्सार यार्डमा रहेका ९ जना स्थानीय नागरिक, एक जना नेपाल प्रहरी र बीओपी टिमुरेमा कार्यरत सशस्त्र प्रहरी प्रदीप वाग्ले चारै तिरबाट बाढीले घेरेपछि फसेका छन् । उनीहरूलाई उद्धार गर्ने प्रयास भइरहेको छ। तर, नदीको बहाव तीव्र बन्दै गइरहेकोले उद्धार कार्यमा कठिनाइ भएको जनाइएको छ। हालसम्म कुनै मानवीय क्षति भने रिपोर्ट गरिएको छैन।
सशस्त्र प्रहरी निरीक्षक प्रकाश पाण्डेको कमाण्डमा बीओमी टिमुरेबाट २० जनाको टोली खटिएको छ। यसैगरी विहान ५ बजे नं. २० गुल्म रसुवाबाट रविन्द्र दाहालको कमाण्डमा २१ जना टोली (जसमा ७ जना विपद् व्यवस्थापन तालिमप्राप्त) उद्धार सामग्रीसहित स्याफ्रुबेसीबाट घटनास्थलतर्फ पठाइएको छ। तर, सडक चर्केर अवरुद्ध भएकाले उनीहरू ६:२० बजेपछि पैदलमार्ग हुँदै गइरहेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
यसैबिच, बिहान ५:५५ बजे तातोपानीस्थित पासाङल्हामु राजमार्ग अन्तर्गत स्याफ्रुबेसी–रसुवागढी सडक खण्डमा पनि बाढी र पहिरोले सडक पूर्णरूपमा कटान गर्दै अवरुद्ध बनाएको सशस्त्र प्रहरीले जनाएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार भोटेकोशीमा बहाव अझै कम नभएकाले तटीय क्षेत्रका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया