

स्वदेश फर्कियो नेपाली महिला टिम

नेपाली राष्ट्रिय महिला फुटबल टिम आज (सोमबार) बिहान स्वदेश फर्किएको छ ।
एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली टिम प्रतियोगिताका तीन खेलपछि आज बिहान स्वदेश फर्किएको हो । नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई र प्रवक्ता सुरेश शाहसँगै अन्य पदाधिकारीले विमानस्थलमा स्थागत गरे ।
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज (सोमबार) बिहान स्वदेश फर्किएको छ ।एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली टिम प्रतियोगिताका तीन खेलपछि आज बिहान स्वदेश फर्किएको हो ।
नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई र प्रवक्ता सुरेश शाहसँगै अन्य पदाधिकारीले विमानस्थलमा स्थागत गरे ।
उज्वेकिस्तानमा भएको प्रतियोगिताअन्तर्गत समूह ‘एफ’ मा दुई खेलमा जित निकाले पनि अन्तिम खेलमा हार बेहोरेसँगै नेपालको एसियन कप खेल्ने सम्भावना समाप्त भएको थियो ।
छनोटमा नेपालले पहिलो खेलमा लाओससँग ९–० को र दोस्रो खेलमा श्रीलंकासँग ८–० को जित निकालेको थियो ।
तर, अन्तिम खेलमा घरेलु टिम उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो । त्यसअघि खेलको निर्धारित समय दुवै टिमले ३–३ को बराबरी खेलेका थिए ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया