
महिलाहरुलाई आत्मनिर्भर बनाउदै नव प्रभात सामुदायिक वन

पूर्णचन्द्र परियार, जितपुर | कपिलवस्तुको बाणगंगा नगरपालिका–८ मा रहेको नवप्रभात सामुदायिक वन उपभोक्ता समूहले महिलाहरुको सशक्तिकरण र आत्मनिर्भरताको लक्ष्यसहित जुता–चप्पल बनाउने तालिम संचालन गर्दै महिलाहरुलाई आत्मनिर्भताको बाटोमा अग्रसरता देखाएको छ ।
दश दिने उक्त सिपमूलक तालिम विशेष गरी घरमै सीमित गृहणी महिलाहरुलाई लक्षित गर्दै संचालन गरिएको छ । तालिममार्फत सहभागी महिलाहरुले व्यवसायिक सिप सिकेर आर्थिक रूपमा सबल बन्ने अवसर पाएका छन्।
सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिल्लीराज रेग्मीका अनुसार, यो कार्यक्रम वनको वार्षिक योजना अन्तर्गत सिप विकास र लक्षित वर्गलाई स्वरोजगारमा जोड्ने उद्देश्यले आयोजना गरिएको हो। उनले महिलाहरु घरगृहस्थीमा मात्र सीमित नरही लघु उद्यममार्फत आत्मनिर्भर बन्न सक्ने विश्वास व्यक्त गरे।

“सिप सिकेर महिलाहरुले अब आफ्नो समय र श्रमलाई आम्दानीमा बदल्ने अवसर पाएका छन्,“ अध्यक्ष रेग्मीले भने, “सामाजिक र आर्थिक रूपमा सशक्त महिलाले परिवार र समुदायमा सकारात्मक प्रभाव पार्नेछन्।“
तालिममा सहभागी ५० जना महिलाहरुले अब सिकेको सिपलाई प्रयोग गर्दै व्यावसायिक यात्रा सुरु गर्ने बताएका छन् । उनीहरुले सामुदायिक वनले दिएको यो अवसरलाई जीवन परिवर्तन गर्ने खालको अनुभवका रूपमा लिएको बताए ।
सामुदायिक वनको यस पहलले महिलाहरुलाई सशक्त बनाउँदै उनीहरुको जीवनशैलीमा नयाँ परिवर्तन ल्याउने विश्वास गरिएको छ । यो सामुदायिक वनले शसक्तिकरणका क्षेत्रमा यस अघि पनि विभिन्न कार्यक्रम गर्दै आएको थियो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया