

पुर्पक्षका लागि कारागार चलान भएको ६ दिनमै मृत्यु


दाङको घोराही कारगारमा पुर्पक्षका लागि ६ दिन पहिले कारागार चलान गरिएका एक युवकको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका–२ का ३३ वर्षीय जीवराज चौधरीको गएराति उपचारका क्रममा मृत्यु भएको हो।
घोराही कारागारका जेलर लक्ष्मणसिंह राठोरका अनुसार चौधरी बलात्कार मुद्दामा पुर्पक्षका लागि ६ दिन पहिले कारागार चलान गरिएका थिए।
त्यसपूर्व चौधरीलाई थप २५ दिन प्रहरी हिरासतमा राखिएको थियो।
कारागार चलान गर्दाको अवस्थामा चौधरीको स्वास्थ्य स्थिति सामान्य रहे पनि बुधबार राति साढे ९ बजेतिर उनी एकाएक बिरामी परेका थिए।
उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो।
उपचारका क्रममा साढे १० बजेतिर उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
शव पोष्टमर्टमका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया