

देशभर डेँगीको जोखिम उच्च : ७२ जिल्लामा फैलियो संक्रमण !





मनसुनको आगमनसँगै नेपालभर डेङ्गीको जोखिम बढ्न थालेको छ। जनवरी १ देखि जुन ८ सम्म १,२५५ जनामा डेङ्गी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। हालसम्म ७२ वटा जिल्लामा संक्रमण फैलिएको छ।
सबैभन्दा बढी संक्रमित काठमाडौँमा १३२ जना रहेका छन्। त्यसपछि कास्कीमा ९०, सुनसरीमा ८७, चितवनमा ६१, पाल्पामा ५१, रुपन्देहीमा ४७, कञ्चनपुरमा ३७, दाङमा ३२ र भक्तपुरमा ३० जना संक्रमित फेला परेका छन्।
महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहालका अनुसार यो वर्ष मनसुन छिट्टै सुरु भएको र मौसमविद्हरूले पानी बढी पर्ने अनुमान गरेका कारण संक्रमण थप फैलिने सम्भावना रहन्छ। उनले भने, ‘डेङ्गीलाई पूरै अन्त्य गर्न सकिने अवस्था त छैन, तर संक्रमण र मृत्यु दर घटाउन सकिन्छ। त्यसका लागि समुदाय, नागरिक र सबै निकायको साझा प्रयास आवश्यक छ।’
डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य रोग हो। यसबाट बच्न लामखुट्टे टोक्न नपाउने वातावरण बनाउनुपर्छ।
यस्ता छन् स्वास्थ्य विज्ञहरूले भनेका प्रमुख उपायहरूः
-शरीर ढाक्ने लुगा लगाउने
-पानी जम्मा हुने खाल्डा–खुल्डी पुर्ने
-चुहिएको पाइप वा ट्याङ्की मर्मत गर्ने
-खाली भाँडाकुँडा उल्टाएर राख्ने
-पानीको ट्याङ्की समय–समयमा सफा गर्ने
-सुत्ने बेला झुल प्रयोग गर्ने
-प्लास्टिकका बोतल, सिसी, टिका बट्टा, र अन्य प्रयोगमा नआएका सामग्री हटाउने


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया