

यूईएफए नेसन्स लिगको उपाधि पोर्चुगललाई


यूईएफए नेसन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । जर्मनीको म्युनिखमा आज बिहान भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५—३ गोलले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको हो ।
योसँगै पोर्चुगलले दोस्रो पटक नेसन्स लिगको उपाधि जित्ने पहिलो टोली बनेको छ । निर्धारित समयमा दुवै टोलीबाट २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो र नुनो मेन्डिसले समान एक गोल गरे । यस्तै स्पेनका मार्टिन जुबीमेन्डी र माइकल ओयारजाबलले समान एक गोल गरे ।
त्यसअघि फ्रान्सले नेसन्स लिगको सान्त्वना जीत हात पारेको छ । राति तेश्रो स्थानका लागि भएको खेलमा फ्रान्सले घरेलु टोली जर्मनीलाई २–० गोलले हरायो । फ्रान्सका लागि कप्तान किलियन एमबाप्पे र माइकल ओलिजेले समान एक गोल गरे ।


खबर सबै
-
सर्पले टोकेर वैशाखयता ६६ जनाको मृत्यु
-
कोलकाताको होटलमा आगलागी, नौ जनाको मृत्यु
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?






प्रतिक्रिया