
राजा फर्काउने आन्दोलन : प्रदर्शनका क्रममा घुसपैठ भएको भन्दै एक जना पक्राउ

काठमाडौं । राजतन्त्र पुनर्स्थापना र हिन्दू राज्यसहितको माग राखेर काठमाडौंमा सुरु भएको आन्दोलनको आज तेस्रो दिन हो ।
पूर्व निर्धारित कार्यक्रम अनुसार, राजावादीहरूले आज दरबारमार्ग क्षेत्रमा प्रर्दशन गर्ने तयारी थियो । यद्यपि, आजैबाट लागू हुनेगरी सो क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेपछि प्रदर्शन शान्तिबाटीबाट सुरु गरिएको छ ।
अहिले प्रर्दशन बालुवाटारतर्फ अघि बढेको छ ।
प्रदर्शनको क्रममा घुसपैठ भएको भन्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका व्यक्तिबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, नियन्त्रणमा लिइएका व्यक्तिलाई भद्रकाली परिसरमा ल्याइएको छ ।
यसैबीच राजावादीहरूको प्रदर्शनका क्रममा घुसपैठ भएको भन्दै एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, आन्दोलनको क्रममा घुसपैठ गरेको आरोपमा एक व्यक्ति केहीबेर अघि पक्राउ परेका हुन् ।
पक्राउ परेका व्यक्तिलाई अहिले परिसर भद्रकालीमा लगिएको छ ।
राजसंस्था पुनस्र्थापनासहितको माग राखेर गत १५ गतेदेखि काठमाडौंमा प्रदर्शन भइरहेको छ । राप्रपा, राप्रपा नेपालसहितको समर्थनमा जारी आन्दोलन आज दरबारमार्ग क्षेत्रमा गर्ने भनिएको थियो ।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया