



राजा फर्काउने आन्दोलन : प्रदर्शनका क्रममा घुसपैठ भएको भन्दै एक जना पक्राउ


काठमाडौं । राजतन्त्र पुनर्स्थापना र हिन्दू राज्यसहितको माग राखेर काठमाडौंमा सुरु भएको आन्दोलनको आज तेस्रो दिन हो ।
पूर्व निर्धारित कार्यक्रम अनुसार, राजावादीहरूले आज दरबारमार्ग क्षेत्रमा प्रर्दशन गर्ने तयारी थियो । यद्यपि, आजैबाट लागू हुनेगरी सो क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेपछि प्रदर्शन शान्तिबाटीबाट सुरु गरिएको छ ।
अहिले प्रर्दशन बालुवाटारतर्फ अघि बढेको छ ।
प्रदर्शनको क्रममा घुसपैठ भएको भन्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका व्यक्तिबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, नियन्त्रणमा लिइएका व्यक्तिलाई भद्रकाली परिसरमा ल्याइएको छ ।
यसैबीच राजावादीहरूको प्रदर्शनका क्रममा घुसपैठ भएको भन्दै एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, आन्दोलनको क्रममा घुसपैठ गरेको आरोपमा एक व्यक्ति केहीबेर अघि पक्राउ परेका हुन् ।
पक्राउ परेका व्यक्तिलाई अहिले परिसर भद्रकालीमा लगिएको छ ।
राजसंस्था पुनस्र्थापनासहितको माग राखेर गत १५ गतेदेखि काठमाडौंमा प्रदर्शन भइरहेको छ । राप्रपा, राप्रपा नेपालसहितको समर्थनमा जारी आन्दोलन आज दरबारमार्ग क्षेत्रमा गर्ने भनिएको थियो ।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया