

गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा भ्रम छरेको प्रमुख प्रतिपक्षीको आरोप



काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले भ्रम छरेको आरोप लगाएको छ । संसद्मा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पत्रकार सम्मेलनमार्फत गृहमन्त्री लेखकले भ्रम छरेको बताए । ‘पत्रकार सम्मेलनमार्फत कर्मचारी सरुवाको कुरा राखेर उहाँले भ्रम छर्नुभयो । यो सरकार देशमा भ्रष्टाचारीलाई कारबाही गर्न बनेको हो कि होइन?’ उनको प्रश्न छ ।
गृहमन्त्रीको राजीनामाको मागमा आफूहरू अडिग रहेको बताए । संवैधानिक व्यवस्था कार्यान्वयनका लागि आज संसद् अवरोध नगरेपनि गृहमन्त्रीको राजीनामाको विषय यथावत रहने उनले बताए । ‘नेपाल सरकारका अर्थमन्त्रीले राजश्व र व्ययको अनुमान संसदमा पेस गर्ने संवैधानिक व्यवस्था भएकाले हामीले सदनलाई अघि बढाउन दिएका हौँ । हाम्रो आन्दोलन जारी छ,’ उनले भने ।
भ्रष्टाचार र कुशासनका अन्त्यका र सामाजिक न्याय सहितको समृद्धिका लागि अघि बढिरहने उनले बताए ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया