



गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा भ्रम छरेको प्रमुख प्रतिपक्षीको आरोप


काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले भ्रम छरेको आरोप लगाएको छ । संसद्मा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पत्रकार सम्मेलनमार्फत गृहमन्त्री लेखकले भ्रम छरेको बताए । ‘पत्रकार सम्मेलनमार्फत कर्मचारी सरुवाको कुरा राखेर उहाँले भ्रम छर्नुभयो । यो सरकार देशमा भ्रष्टाचारीलाई कारबाही गर्न बनेको हो कि होइन?’ उनको प्रश्न छ ।
गृहमन्त्रीको राजीनामाको मागमा आफूहरू अडिग रहेको बताए । संवैधानिक व्यवस्था कार्यान्वयनका लागि आज संसद् अवरोध नगरेपनि गृहमन्त्रीको राजीनामाको विषय यथावत रहने उनले बताए । ‘नेपाल सरकारका अर्थमन्त्रीले राजश्व र व्ययको अनुमान संसदमा पेस गर्ने संवैधानिक व्यवस्था भएकाले हामीले सदनलाई अघि बढाउन दिएका हौँ । हाम्रो आन्दोलन जारी छ,’ उनले भने ।
भ्रष्टाचार र कुशासनका अन्त्यका र सामाजिक न्याय सहितको समृद्धिका लागि अघि बढिरहने उनले बताए ।

खबर सबै
-
मंसिरमा महोत्सवमय बन्दै कपिलवस्तु
-
बाणगंगा–१ को नवनिर्मित नयाँ प्रशासनिक वडा कार्यालय भवन उद्घाटन
-
१६ औं कपिलवस्तु महोत्सवमा यसपटक टिकटक भिडियो प्रतियोगिताः सिर्जनशीलता र सकारात्मक प्रचारलाई प्रोत्साहन गरिने
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न
-
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते हुने
-
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि
-
ईपीएस भाषा परीक्षा आजदेखि, पहिलो प्राथमिकता उत्पादन क्षेत्र
-
प्यूठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ९ जना घाइते, तीन जनाको अवस्था गम्भीर
-
नयाँ राजनीतिक दल दर्ताको लागि समय थपियो, मंसिर ६ सम्म निवेदन दिन सकिने







प्रतिक्रिया