

जानिराखौँ अनुहार सुन्दर बनाउने ६ ‘टिप्स’

१. दही र बेसारको मिश्रण बनाउनुहोस् र अनुहारमा लगाउनुहोस् । १० मिनेटपछि अनुहारलाई सफा पानीले धुनुहोस् । यस्तो गर्दा तपाईंको अनुहार सफा हुनुका साथै मुहारको चमक फर्किआउँछ ।
२. धुलो धुवाँ प्रदुषणले तपाईंको अनुहार एकदमै खराब भएको छ भने, बेसन, चन्दन र बेसारको लेप बनाएर यसलाई फेसप्याकको रुपमा दिनहुँ लगाउनुहोस् ।
३. गुलाब जलमा थोरै कपासलाई डुबाएर केहीबेर फ्रिजमा राख्नुहोस् । पहिला आफ्नो अनुहार सफासँग धोएपछि फ्रिजको कपासले हल्कासँग अनुहारमा मसाज गर्नुहोस् । यसले मुहारमा चमक आउनेछ ।
४. अनुहारको डेड सेल्स हटाउन फेसियल स्क्रबको प्रयोग गर्नुहोस् । जुन सजिलै घरमै बन्नसक्छ । यसको लागि एक चम्चा ओखरको पाउडर, एक चम्चा मह र एक चम्चा दहीलाई मिसाउने ।
उक्त लेपलाई केहीबेर अनुहारमा लगाएर छोड्ने र हातले सुस्तसुस्त गोलो गोलो गरी मसाज गर्ने त्यसपछि सफा पानीले मुख धुने । यसलाई हप्तामा दुई पटक गर्न सकिन्छ ।
५. अनुहारको चमक बढाउन फलफुलको प्याक पनि एकदमै सहायक हुन्छ । स्याउलाई पिसेर पाकेको मेवा र केरामा मिसाउने । यसमा दही अथवा कागतीको रस पनि मिसाउन सकिन्छ ।
उक्त पेस्टलाई अनुहारमा लगाई आधा घण्टा जति रहन दिने र त्यसपछि सफा पानीले धुने ।
६. यदि तपाईंको छाला एकदमै चिल्लो छ भने, मुल्तानी मिट्टीलाई गुलाव जलमा मिसाएर लेप बनाइ अनुहारमा लगाउनुहोस् । यसलाई आधा घण्टा सुक्न दिनुहोस् र सफा पानीले धुनुहोस् ।
यसले अनुहारको चिल्लोपन हटाई ताजापन दिनेछ ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया