

तीन फरार प्रतिवादी पक्राउ

ई–साझाकुरा, साउन १९
विभिन्न मुद्दामा जिल्ला अदालत तनहुँबाट सजाय पाएका तीन फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयले भवितव्य ज्यान मुद्दाका फरार दुई जनालाई पाँच र जारी मुद्दाका एक फरार प्रतिवादीलाई नौ वर्षपछि आइतबार पक्राउ गरेको हो।
म्याग्दे गाउँपालिका–३ ठूलाचौर बस्ने ३१ वर्षीय सूर्य सुनार र व्यास नगरपालिका–१० डिहीगाउँ बस्ने ३० वर्षीय रविन मगरलाई निजहरुको घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।
जिल्ला अदालतको विसं २०७२ भदौ २३ गतेको फैसलाले निजहरुविरुद्ध जनही एक वर्ष कैद र ३ सय रूपैयाँ जरिवानाको फैसला गरेको थियो।
निजहरुले गरेको पुनरावेदनले उक्त फैसलाउपर जनही छ महिना कैद र ३ सय रूपैयाँ जरिवाना तोकिएको थियो।
कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका दुई जनालाई अदालत पेश गरिएकामा कैद भुक्तानका लागि कारागार कार्यालय चलान गरिएको प्रहरीले जनाएको छ। यसैगरी शुक्लागण्डकी नगरपालिका–७ बस्ने नवीनलाल श्रेष्ठलाई निजकै घरबाट पक्राउ गरिएको छ।

उनीविरुद्ध जिल्ला अदालतको विसं २०६८ वैशाख २१ गतेको फैसलाले एक महिना कैद र एक हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो।
उनलाई पनि कैद भुक्तानका लागि कारागार चलान गरिएको छ।
विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिको खोजीकार्यलाई प्रहरीले तीव्र पारेको छ।
गतअसार तेस्रो सातादेखि मात्रै जिल्लामा २३ जना फरार प्रतिवादी पक्राउ परिसकेका छन्।
सवारी ज्यान, ज्यान मार्ने उद्योग, बहुविवाह, लागुऔषध, अवैध काठ ओसारपसार लगायतका मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया