

शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे



शेयर बजार लगातार चौथो कारोबार दिन दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ९६ अङ्कले घटेर २ हजार ६ सय २० दशमलव २७ विन्दुमा झरेको छ ।
आज विकास बैंक र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा जलविद्युत् समूहको शेयर झन्डै २ प्रतिशत, होटल समूहको शेयर डेढ प्रतिशतले ओरालो लागेको छ ।
आज गुराँस लघुवित्त कम्पनीको शेयर १० प्रतिशत तथा नेपाल माइक्रो इन्सुरेन्स र बाराही हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ९ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ३ सय १५ वटा कम्पनीका १ करोड ८४ लाख कित्ता शेयर ८ अर्ब ७३ करोड रुपैयाँमा किनबेच भएको छ ।


खबर सबै
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ







प्रतिक्रिया