

नगद र गरगहना चोरी गर्ने दुईजना पक्राउ



कात्तिक २२ पाल्पा ।
पाल्पाको रामपुर नगरपालिका(८ ढकाल चौपारीकी मनकुमारी श्रेष्ठको नगद र सुनका गरगहना चोरी गर्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मनकुमारीकी बुहारी राममाया श्रेष्ठ र पूर्वी नवलपरासीको बौदिकाली गाउँपालिका(३ घर भई हाल रामपुर नगरपालिका ५ बस्ने ३० वर्षीय माधव पंगेनी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए।
उनका अनुसार गत १८ गते राति साढे एक बजे उनीहरूले खुकुरी देखाइ मार्ने धम्की दिँदै लुटेका थिए। बाकस र दराजमा रहेको नगद ३ लाख ५८ हजार रुपैयाँ र साढे ९ तोला सुनका विभिन्न गरगहना लुटेर भागेका थिए।
निरन्तरको खोजतलासका क्रममा उनीहरूले लुकाई छिपाइ राखेको अवस्थामा नगद र सुनका गहना बरामद भएको गिरीले बताए। उनीहरूविरुद्ध डाका चोरीसम्बन्धी मुद्धा दर्ता गरी घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया