

को हुन् स्टुअर्ट ? जसले पाए नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्ने मौका (हेर्नुहोस भिडियो)

नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी अष्ट्रेलियन प्रशिक्षक स्टुअर्ट ललाई दिएको छ ।
प्रशिक्षक स्टुअर्टले अब आगामी २ वर्ष नेपाली टोली सम्हाल्नेछन् । नेपाली टोलीको मुख्य प्रशिक्षक बन्न ७० जनाले इच्छा जाहेर गरेका थिए । तर, त्यसमा सर्टलिष्ट र अन्तर्वार्ता हुँदै स्टुअर्ट छानिए ।
५६ वर्षीय स्टुअर्ट अष्ट्रेलियाका पूर्वक्रिकेटर हुन् । उनले सन् १९९४ देखि १९९९ सम्म अष्ट्रेलियाबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । उनले अष्ट्रेलियाका लागि एउटा टेष्ट र ५४ ओडिआई खेलेका थिए । उनले थुप्रै घरेलु लिग खेलेका छन् ।
स्टुअर्टले सन् २०११ बाट श्रीलंकाको सहायक प्रशिक्षकको रुपमा प्रशिक्षणको यात्रा सुरु गरेका थिए । हालसम्म उनले श्रीलंका, वेस्टइन्डिज, बंगलादेश, अफगानिस्तान र अमेरिकामा प्रशिक्षकको रूपमा काम गरिसकेका छन् ।
उनकै प्रशिक्षणमा अमेरिकाले सन् २०२४ को टी(२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै सुपर-८ यात्रा तय गरेको थियो । पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको थियो ।
सन् २०२४ को अक्टोबरमा भएको आइसीसी विश्वकप लिग(२ अन्तर्गत स्कटल्याण्डसँग १० विकेटको हार बेहोरेपछी अमेरिकी क्रिकेट बोर्डले स्टुअर्टलाई मुख्य प्रशिक्षकको पदबाट हटाएको थियो । त्यसपछि उनी नेपाली टोलीको प्रशिक्षक बन्न आइपुगेका हुन् ।
नेपाली टोली सम्हालेका स्टुअर्टलाई आईसीसी विश्वकप लिग-२ मा प्रदर्शन सुधार्ने जिम्मेवारी रहनेछ । लिग-२ मा १२ खेल खेलेको नेपाल पछाडीबाट दोस्रो स्थानमा छ । यस्तै विभिन्न सिरिज र टी-२० विश्वकपमा छनोट हुने चुनौती नवनियुक्त प्रशिक्षक स्टुअर्टमा हुनेछ ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया