

ट्यांकरले ठक्कर दिँदा दुई स्कुले बालकको मृत्यु, स्थानीयले गरे बसमा आगजनी !


नेपालगन्ज, चैत १० गते। बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी चोकमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा साइकलमा सवार दुई जना बालकको घट्नास्थलमै मृत्यु भएको छ।
आइतबार अपरान्ह स्थानीय नौरीगौढी ईंगलिश मेडियम स्कुलबाट पढेर घर फर्कंदै गरेका दुईजना बालकलाई भे १ ख १४१७ नम्बरको ट्यांकरले ठक्कर दिंँदा दुबैजना बालकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीका अनुसार मृत्यु हुने बालकमा विशाल कुमार गोडिया र शिव कुमार गोडिया रहेको जानकारी प्राप्त भएको छ। आक्रोशित भएका स्थानीयले साइकललाई ठक्कर दिने ट्यांकरलाई आगो लगाएर ध्वस्त पारिदिएका छन्।
प्रहरीका अनुसार सो घट्नाको विरोधमा बेतहनी चोकमा चक्काजाम गरेर स्थानीयले प्रदर्शन गरिरहेका छन् भने ट्यांकर चालकलाई बेतहनी प्रहरी चौकीमा राखिएकोले केही स्थानीयले चौकी घेरेर चौकीमाथि ढुंगा प्रहार गरेका छन्।
बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको नेतृत्वमा त्यहाँ पुगेको प्रहरी टोलीमाथि पनि स्थानीयले ढुंगा प्रहार गरेको र चौकीमा समेत ढुंगा हानेकोले सो नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरेको सूचना आएको पनि प्रहरी प्रवक्ता डिएसपी पातलीले बताउनुभयो।
दुर्घटनामामा मृत्यु भएका बालकको शव अझै घट्नास्थलमै रहेको छ भने बेतहनी चोक र सो वरिपरि ठुलो संख्यामा स्थानीय भेला भएका छन्। ट्यांकरका चालकले मादक पदार्थ सेवन गरेको र उनले ट्यांकरलाई ब्याक गरेर बालकलाई मारेको आरोप बालकका पिता हरिद्धार गोडियाले लगाउनु भएको छ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया