

सेयर कारोबारको चलखेल रोक्न आजदेखि नयाँ व्यवस्था



धितोपत्र दोस्रो बजारमा नयाँ व्यवस्था लागु भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार सञ्चालन विनियमावली (चौथो संशोधन) गरेसँगै आजदेखि नयाँ व्यवस्था लागु भएको हो ।
बुधबार कुनै कम्पनीको सेयर कारोबारको अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई अन्तिम मूल्य तोकिने भएको छ ।
हालसम्म अन्तिममा भएको कारोबारलाई नै अन्तिम मूल्य कायम गर्ने व्यवस्था थियो । जसले गर्दा सेयर कारोबारीहरूले आफ्नो सेयरको मूल्य बढाउन १० कित्ता सेयरले मूल्य प्रभावित पार्दै आएका थिए ।
अब भने २ः४५ देखि ३ बजेसम्म हुने कारोबार अवधिको औसत मूल्यलाई आधार मानिने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुलीका अनुसार २ः४५ देखि ३ बजेको बीचमा भएको कारोबार कित्ता र सेयर मूल्यको औसत निकालेर अन्तिम मूल्य निर्धारण गरिनेछ ।
“हालसम्म अन्तिम कारोबार जुन भयो त्यसैलाई अन्तिम मूल्य मानिन्थ्यो,” पराजुलीले बाह्रखरीसित भने, “बिहीबारदेखि पौने ३ देखि ३ बजेसम्म जति पनि कारोबार हुन्छ, त्यो कारोबार भएको मूल्य र कति कित्ता कारोबार भयो, त्यसको औसत निकालेर अन्तिम मूल्य मानिन्छ ।”
यसले अन्तिममा मूल्य बढाउने खेललाई बन्द गर्ने पराजुली बताउँछन् । तर, २ः४५ देखि ३ बजेसम्म कारोबार नहुँने कम्पनीको सेयर मूल्य भने त्यसअघिको अन्तिम मूल्यलाई नै मान्यता दिने पराजुलीले बताए ।
नेपाल धितोपत्र बोर्डले फागुन १५ गते नेप्सेमा यो विनियमावली स्वीकृत गरेर पठाएको थियो । नेप्सेले परीक्षण गर्दा चैत ७ गतेबाट यो नियम लागु गर्न सकिएको पराजुली बताउँछन् ।


खबर सबै
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन






प्रतिक्रिया