

पहिलो पटक लुम्बिनी प्रदेशका तीन वटा खेल मैदानमा प्रधानमन्त्री कप क्रिकेट हुँदै



रुपन्देही। पहिलो पटक प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताका सम्पूर्ण खेल उपत्यका बाहिर लुम्बिनी प्रदेशमा हुने भएपछि यहाँको क्रिकेट प्रेमीमा उत्साह छाएको छ ।
प्रधानमन्त्री कपका सम्पूर्ण खेल अहिले लुम्बिनी प्रदेशका तीन वटा खेल मैदानमा हुदै छन् । लुम्बिनी प्रदेश क्रिकेट सङ्घको व्यवस्थापनमा हुने प्रतियोगिता आइतबारबाट सुरु हँुदैछ । प्रतियोगिताअन्र्तगत यसपटक ४६ खेल खेलाइने छ । यी सबै खेल रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभल क्रिकेट रङ्गशाला र दाङको लमहीमा रहेको देउखुरी अन्तराष्ट्रिय रङ्गशालामा आयोजना हुँदैछ ।
लुम्बिनी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सञ्जय गुरुङका अनुसार यी सबै रङ्गशालामा प्रतियोगिता सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ । प्रतियोगितामा सात वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको विभागीय टोलीसहित १० टोलीले सहभागिता जनाउँदै छन् । यी सबै टोलीले एक अर्कासँग खेल्नुपर्नेछ । गुरुङका अनुसार सबै रङ्गशालामा सबै टोलीले खेल्ने गरी प्रतियोगिताको तालिका मिलाइएको छ ।
यसअनुसार रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशालामा उद्घाटन र फाइनल खेल गरी सम्मा १७ खेल हुनेछन् । एक्स्ट्राटेक ओभलमा १५ र लमहीको देउखुरी रङ्गशालामा १४ खेल हुनेछन् । गुरुङले प्रधानमन्त्री कप लुम्बिनीमा हुनुले यस क्षेत्रको क्रिकेटसँगै होटल तथा पर्यटन व्यवसाय चलायमान हुने बताए ।
“हामी एकदमै उत्साहित छौँ र नेपाल क्रिकेट सङ्घप्रति आभारी छौँ, किनभने पहिलो पटक प्रधानमन्त्री कपका सम्पूर्ण खेल उपत्यका बाहिर हुँदैछन्”, उनले भने, “नेपाल क्रिकेट सङ्घ(क्यान)ले क्रिकेटलाई देशको सम्पूर्ण भागमा पु¥याउनुपर्ने उद्देश्यसहित यो निर्णय स्वागत योग्य छ ।”
प्रतियोगिताका लागि भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालामा पिच मर्मतदेखि पेभेलियन व्यवस्थापन एवं अन्य सबै तयारी पूरा भएको रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले जानकारी दिए । उनले सात दिन अगावैबाट मैदानमा हुने अन्य सबै खेल स्थगित गरी प्रतियोगिताको तयारी गरिएको बताए ।
गत वर्ष प्रधानमन्त्री कपअन्तर्गत ११ वटा खेल सिद्धार्थ रङ्गशालामा भएका थिए । यसले नेपाल क्रिकेट सङ्घको विश्वास जित्न ठूलो सहयोग गरेको र त्यसैको फलस्वरुप प्रतियोगिताका अहिले सबै खेलहरु लुम्बिनी प्रदेशमा आउन सफल भएको उनको भनाइ छ ।
यसैगरी तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालाको पनि सम्पूर्ण तयारी पूरा भएको रङ्गशालाका प्रबन्ध निर्देशक विनोद कुँवरले जानकारी दिए । नेपालमै पहिलो पटक निजी क्षेत्रबाट ‘फ्लड लाइट’ सहितको क्रिकेट रङ्गशालाको स्थापना गरेका कुँवरले प्रतियोगिताले लुम्बिनी प्रदेशको क्रिकेटमा रहेको क्षमता देखाउने अवसर मिलेको बताए । तीन वटा पिच, फ्लड लाइट, शौचालय, चेन्जिङ रुम पेभेलियनलगायत सबै तयार रहेको उहाँले जानकारी दिए ।
यसअघि काठमाडौँमा दुई वटा मात्र खेलमैदान भएका कारण राउण्ड रोबिनका आधारमा प्रतियोगिता आयोजना गर्न नेपाल क्रिकेट सङ्घलाई अप्ठ्यारो हँुदै आएको थियो । यसले गर्दा प्रतियोगितालाई काठमाडौँबाट बाहिर लैजाने वातावरण बनेको नेपाल क्रिकेट सङ्घका उपाध्यक्ष रोशन सिंहले बताए ।
“पिचलगायत सबै दृष्टिले लुम्बिनी प्रदेशका तीन वटै खेलमैदान उत्कृष्ट भएका कारण क्यानले यहाँ प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको हो”, सिंहले भने, “यसले भोलिका दिनमा ‘ए’ ग्रेडका खेलाडीको छनोटका लागि यहाँको भूमिका महत्वपूर्ण हुनेछ ।”
काठमाडाँै बाहिर क्रिकेटको माहौल बनाउन र काठमाडौँ बाहिर क्यानले क्रिकेट गराउन सक्छ भन्ने अन्तरराष्ट्रिय सन्देश दिन प्रतियोगितालाई पहिलो पटक बाहिर लगिएको सिंहले जानकारी दिए । उनले पिच निर्माणका लागि क्यानले नै काठमाडौँबाट जनशक्ति खटाएको बताए ।
आइतबारबाट सुरु हुने क्रिकेट प्रतियोगिताको फाइनल खेल आगामी चैत १६ गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा आयोजना हुनेछ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया