

यी ५ खानेकुरा जसले दाँतमा किरा (क्याभिटी) लगाउन सक्छ





एजेन्स । दाँतको स्वास्थ्य राम्रो राख्न केही कुराहरूमा ख्याल गर्नुपर्छ, जसमा आहार पनि समावेश छ । किनभने दाँतमा लाग्ने किरा (क्याभिटी) का लागि केही खानेकुराहरू पनि जिम्मेवार मानिन्छन् । हामी सधैँ चिनी र चिनीयुक्त खानेकुराहरूलाई मात्र दाँतमा किरा लाग्ने कारण मान्छौँ । तर यी खाँदा मात्र दाँतमा किरा लाग्छ भन्ने आवश्यक छैन ।
दन्त विशेषज्ञहरू दाँतमा लाग्ने किराका लागि चिनी मात्र जिम्मेवार नहुने बताउँछन् । यद्यपि चिनी नै क्याभिटीको सबैभन्दा सम्भावित कारण हो ।
तर, केही मानिसहरूले चिनी खान छोडे पनि क्याभिटीबाट पीडित हुन्छन्, जसको अर्थ उनीहरूको खानामा क्याभिटी निम्त्याउने अन्य धेरै चीजहरू छन् ।
यी हुन् दाँतमा किरा लगाउन सक्ने ५ खानेकुराहरू :
ड्राइ फ्रुट
सायद तपाईंलाई यो अलि अनौठो लाग्न सक्छ, तर यो सत्य हो । किसमिस, खजूर जस्ता ड्राइ फ्रुट स्वास्थ्यकर भए पनि दाँतको लागि उत्तिकै हानिकारक हुन्छन् । यी खाँदा ब्याक्टेरिया र फंगल संक्रमणको जोखिम बढ्छ । ताजा फलफूलको तुलनामा सुकेको फलफूलमा पानी पनि कम हुन्छ ।
सिट्रस फलफूल
सिट्रस फलफूल खाँदा शरीरमा अम्लीय तत्त्वहरू निस्कन्छन् । यदि यी तत्त्वहरू लामो समयसम्म दाँत र गिजाको सम्पर्कमा रहे भने, तपाईंको इनामेल कमजोर हुन्छ । दाँतमा किरा लाग्नबाट बच्न यस्ता फल खाएपछि आफ्नो मुख कुल्ला गर्नुहोस् ।
कार्बोनेटेड पेय पदार्थ
सोडा र इनर्जी ड्रिंक्समा पनि धेरै अम्लीय तत्त्वहरू हुन्छन् । यी पेय पदार्थहरू पिउँदा एसिडको स्तर बढ्छ, जसले इनामेललाई कमजोर बनाउँछ र क्षति पु¥याउँछ । यसका साथै, सफ्ट ड्रिंक्स पिउँदा पनि मुख सुख्खा हुन्छ, जसले क्याभिटीको समस्या बढाउन सक्छ ।
कफी र चिया
क्याफिनयुक्त पेय पदार्थ पिउँदा पनि दाँतमा किरा लाग्न सक्छ किनभने यसमा ट्यानिनको मात्रा बढी हुन्छ । ट्यानिनको सम्पर्कले गिजालाई कमजोर बनाउँछ । यसमा चिनी थप्दा क्याभिटी हुने सम्भावना बढ्छ ।
रक्सी
रक्सी पिउँदा मुख सुख्खा हुने समस्या हुन्छ । रक्सीले मुखमा ¥याल कम गर्छ, जुन हाम्रो दाँतलाई जोगाउन आवश्यक छ । हामी जति धेरै गाढा रङको रक्सी पिउँछौँ, हाम्रो दाँतको समस्या त्यति नै बढ्दै जान्छ ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया