

च्याम्पियन्स ट्रफी : दक्षिण अफ्रिका र प्रतियोगिताबाट बाहिरिइसकेको इङ्गल्यान्ड खेल्दै


आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा समूह ‘बी’ को अन्तिम खेलमा आज दक्षिण अफ्रिका र प्रतियोगिताबाट बाहिरिइसकेको इङ्गल्यान्ड खेल्दैछन् । यो खेल दिउँसो पौने ३ बजे कराचीको नेशनल स्टेडियममा शुरू हुनेछ ।
यो खेलपछि सेमिफाइनल समीकरण पूरा हुनेछ । दक्षिण अफ्रिका २ खेलमा ३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । २ वटै खेल हारेको इङ्गल्यान्ड अङ्कविहीन हुँदै पुछारमा छ । यो समूहबाट अस्ट्रेलिया ३ खेलमा ४ अङ्कसहित सेमिफाइनलमा पुगिसकेको छ । अफगानिस्तान ३ खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छ ।
आजको खेलमा इङ्गल्यान्डले दक्षिण अफ्रिकामाथि निकै ठूलो अन्तरको जीत निकाले मात्र अफगानिस्तान अन्तिम ४ मा पुग्ने सम्भावना रहन्छ । दक्षिण अफ्रिका नेट रन रेटका आधारमा अफगानिस्तानभन्दा निकै अघि छ ।
गएराति अफगानिस्तानसँगको खेल वर्षाका कारण रद्द भएसँगै १ अङ्क बाँड्दै अस्ट्रेलिया अन्तिम ४ मा पुगेको हो ।
यस्तै समूह ‘ए’ बाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुग्दा आयोजक पाकिस्तान र बङ्गलादेश समूह चरणबाटै बाहिरिइसकेका छन् ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया