

घुस प्रकरण : कपिलवस्तु अदालतका तहसिलदार मिश्र र कम्प्युटर अपरेटर पाण्डे विशेष अदालतबाट दोषी ठहर





कपिलवस्तु | सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे विशेष अदालतबाट दोषी ठहर भएका छन् ।
विशेष अदालतले २० हजार रुपैयाँ घुस सहित जिल्ला अदालत कपिलवस्तुका स्रेस्तेदार सन्तोषकुमार मिश्रलाई दुई महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत कपिलवस्तुकै कम्प्युटर अपरेटर विकास पाण्डेयलाई एक महिनाको कैद सजाय भएको छ ।
अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनीहरूले घुस मागेको र लिएको ठहर गरेको हो ।
उनीहरूले लिएको २० हजार रुपैयाँ बरामद भएको, घुस मागेको भिडियो र अडियो समेत मुद्दाका साथमा पेश भएको भन्दै विशेष अदालतले उनीहरूलाई १०/१० हजार रुपैयाँका दरले जरिवाना गर्ने आदेश गरेको हो ।
मिश्रले फैसला कार्यान्वयनका लागि आएका सेवाग्राहीको बण्डा मुचुल्का बदर गराउन घुस मागेका थिए । त्यसक्रममा अख्तियारको टोलीले स्रेस्तेदार मिश्र र कम्प्युटर अपरेटर पाण्डेयलाई घुस सहित पक्राउ गरेको थियो ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया