

कपिलवस्तु अदालतका दुई कर्मचारीले २० हजार घुस लिएको पुष्टि, भ्रष्टाचार मुद्दा दायर


२१ मंसिर २०८१, कपिलवस्तु | २० हजार रुपैँया घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका दुईजना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो।
केही दिनअघि सेवाग्राहीबाट २० हजार घुस लिइसकेको अवस्थामा उनीहरुलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार तहसिलदार मिश्र र कम्प्यु्टर अपरेटर पाण्डेको मिलेमतोमा वण्डा मुचुल्का बदर गरी पुनस् वण्डा मुचुल्का गरिदिने तथा तारेख समेत दिने प्रयोजनार्थ सेवाग्राहीसँग २० हजार घुस लिएको पुष्टि हुन आएकाले उनीहरूविरुद्ध आज मुद्दा दायर भएको हो।
उनीहरूविरुद्ध २० हजार बिगो दावीसहित जरिवाना सजायको माग गरिएको अख्तियारले जनाएको छ।


खबर सबै
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन






प्रतिक्रिया