

कपिलवस्तुमा केपिएल प्रिमियर लिगकाे राैनक

अजय मिश्र, कृष्णनगर ।
युवा अमन सामाजिक विकास केन्द्र, अशच्यारिटेबल फाउंडेशन, इण्डो नेपाल सामाजिक मंचको आयोजनामा शिवराज नगरपालिका वडा नं ७ जवभारीमा संचालित केपिएल प्रिमियर कपले लोकप्रियता पाई रहेको खेल प्रेमी हरू बताएका छन्।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा न ७ कपिलवस्तु प्रिमियर लिग (KPL) क्रिकेट प्रतियोगिताको दोस्रो राउन्ड अन्तर्गत जय नेपाल क्रिकेट क्लब, कृष्णनगर र लुम्बिनी प्रदेश क्रिकेट क्लबबीच प्रतिस्पर्धा भएको थियो।
खेलको टस जय नेपाल क्रिकेट क्लब, कृष्णनगरले जिती पहिला फिल्डिङ गर्ने निर्णय गर्यो। टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश क्रिकेट क्लबले निर्धारित १५ ओभरको खेलमा ५ विकेटको क्षतिमा १५७ रनको चुनौतीपूर्ण योगफल तयार गरेको थियो ।
१५८ रनको लक्ष्य पछ्याएको जय नेपाल क्रिकेट क्लब, कृष्णनगर १२ ओभरभित्रै अलआउट हुँदै मात्र ८० रनमा सीमित भयो । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै युवराज सेनले ३५ बलमा ६३ रनको महत्वपूर्ण योगदान दिए। साथै, बलिङतर्फ पनि प्रभावशाली प्रदर्शन गर्दै आफ्नो स्पेलको ३ ओभरमा १८ रन खर्चिएर २ महत्वपूर्ण विकेट लिएका थिए ।
उनकै उत्कृष्ट प्रदर्शनका कारण लुम्बिनी प्रदेश क्रिकेट क्लबले सहज जित निकालना सफल भयो। खेलमा युवराज सेन ‘म्यान अफ द म्याच’ घोषित भए । स्कोररको भूमिका महताब आलम शाहले निर्वाह गरेका थिए।
कार्यक्रममा आजका विशिष्ट अतिथिमा इप्रका कृष्णनगरका प्रहरी निरिक्षकसुरज खत्री र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरका प्रमुख सुशील पौडेल रहेको आयोजकले जनाएको छ।
कृष्णनगरका समाजसेवी तथा युवानेताद्वय मिर्जा राशिद, अकरम पठान तथा चन्द्रोटाका युवानेता रहिश शाहको अगुवाईमा भइरहेको उक्त क्रिकेट प्रतियोगिता जिल्लामा पहिलो पटक भएको खेल प्रेमी हरू बतउछन्।


खबर सबै
-
पछिल्लो तीन घण्टामा रोल्पाको लिबाङ गाउँमा सबैभन्दा बढी वर्षा
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया