

डाेका-डालाे बेचेर बाइक, अहिले बाइकमा सररर डाेका-डालाे कै व्यापार



रामबहादुर गन्धर्व, कपिलवस्तु । गुल्मी जिल्लाकाे मदाने गाउँपालिका-३मलाहगिरी घर भई हाल कपिलवस्तु जिल्लाकाे बुद्ध भुमि नगरपालिका ४बुड्डि निवासी ५५बर्षिय श्याम नेपाली यतिबेला परम्परागत (पुख्र्यौली )पेशामा रमाउदै आएका छन् । उनले स्थानीय कच्चा पदार्थबाट निर्मित डाेका मान्द्रा,भकारी ,सुपा लगाएत घरेलुु प्रयाेजनमा आउने सामग्रीहरू जिल्लाका विभिन्न स्थानमा पुग्ने गरेको छ।
उनले निर्माण गरेका यी सामग्री जिल्लाकाे विभिन्न पालिकाहरूमा खपत हुँदा याे पेसाबाट आफु आत्मानिर्भर हुनुका साथै आत्मसन्तुष्टि रहेको बताए ।उनले निर्माण गरेका सामग्रीहरू सुपा ,डाेकाहरू ४सय देखि ५सय सम्ममा बिक्री हुँदै आएकाे बताएका छन् । पहिला नाम्लोले भारी बाेकेर गाउँगाउँमा पुर्याउदै आएकाे बाँसको चाेयांबाट निर्मित सामग्रीहरूकाे बिक्रीबाट आर्जन गरेको रकमले एउटा बाइक खरिद गरि उपभोक्तालाई छिटो छरितो रूपमा सेवा दिदै आएकाे बताएका छन् । ५५बर्षिय नेपालीका ४छाेरा १छाेरी रहेता पनि अहिले आफुसँग माइली बुहारी र नातिनातिना सहित ६जनाको परिवार रहेको बताए ।
उनले भने पुर्खाबाट सिकेकाे ज्ञानसिपलाई सदुपयोग गर्नु नै आर्थिक रूपमा टेवा पुग्नु रहेको बताउदै राज्यले यस्ता ज्ञानसिपलाई प्राेत्सहान गर्दै युवा पुस्तालाई आकर्षक गर्न सके बिदेश पलायनमा न्युनिकरण गर्दै ब्यवशायिकतामा जाेडन सके मात्र सुखी नेपाली ,समृद्ध नेपालकाे नारा साकार हुने कुरामा जाेड दिए।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया