

टी-२० सिरिज : लगातार पराजित हुँदै आएको नेपालले आज थाइल्याण्ड्सको सामना गर्दै


महिला त्रिकोणात्मक सिरिजको अन्तर्गत लगातार ३ खेलमा पराजित हुँदै आएको नेपालले आज लगातार ३ जित दर्ता गरेको थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्न १२ः१५ बजे हुने खेलमा नेपाल पहिलो जितको खोजिमा हुँदा थाइल्याण्डभने अपराजित यात्रालाई काय राख्दै चौथो जितको खोजिमा हुने छ ।
महिला टि ट्वान्टी आई वरियतामा १३ औं स्थानमा रहेको थाइल्याण्डसँगै १६औं स्थानमा रहेको नेदरल्याण्ड्स समेत सिरिज खेलिरहेको छ । नेदरल्याण्ड्सले नेपालसँगका दुईवटै खेलमा जित दर्ता गरेको छ भने थाइल्याण्डसँगको २ खेलमै पराजित भएको छ । वरियताको २० औं स्थानमा रहेको नेपालले जारी सिरिजमा हालसम्म जितविहिन अवस्थामा छ ।
सोमबार सिरिजमा लगातार तेस्रो जित निकाल्ने क्रममा थाइल्याण्डले नेदरल्याण्ड्सलाई १७ रनको जित हात पारेको थियो । थाइल्याण्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.५ ओभरमा ६९ रनमा अल आउट भएको थियो ।
सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया