

इंग्ल्याण्डसँग भारत २६ रनले पराजित

काठमाडौं : इंग्ल्याण्डले भारतसँगको तेस्रो टी-२० मा सफलता पाएको छ। यो जितसँगै भारत र इंग्ल्याण्डको शृङ्खला रोमाञ्चक बनेको छ।
५ खेलको शृङ्खलामा घरेलु टोली भारत २-१ ले अघि छ। मंगलबार भएको खेलमा इंग्ल्याण्डले भारतलाई २६ रनले हराएपछि शृङ्खला रोचक बनेको हो।
मंगलबार साँझ इंग्ल्याण्डले दिएको १७२ रनको लक्ष्य पछ्याएको भारत ९ विकेट गुमाउँदै १४५ रनमा सीमित भएको हो।
भारतका हार्दिक पाण्डेले ४० तथा अभिषेक शर्माले १४ बलमा २४ रन प्रहार गर्नुबाहेक अन्य कोही पनि प्रभावकारी हुन सकेनन्।
इंग्ल्याण्डका जेम ओभरटनले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए। किफायती रसिदले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिए। जोफ्रा आर्चर र ब्रायडन कर्सले समान दुईदुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ९ विकेटको क्षतिमा १७१ रन बनाएको थियो। इंग्ल्याण्डका डेन बकेटले २८ बलमा ५१ रन जोडे। उनले ७ चौका र २ छक्का प्रहार गरे।
यसैगरी, लियाम लिभिङ स्टोनले २४ बलमा ४३ रन जोडे। उनको पारीमा १ चौका र ६ छक्का समावेश थियो।
भारतका वरुण चक्रवर्तीले ४ ओभरमा २४ रन खर्चेर ५ विकेट लिए भने हार्दिक पाण्डेले २ विकेट लिए। चक्रवर्ती सो खेलको म्यान अफ द म्याच बने।


खबर सबै
-
पछिल्लो तीन घण्टामा रोल्पाको लिबाङ गाउँमा सबैभन्दा बढी वर्षा
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया