
कपिलवस्तुमा स्रोत नखुलेको १५ लाख भन्दा बढी रकम सहित एक जना पक्राउ

कपिलवस्तुको मायादेवी गाउँपालिका–६, डुमरा चोक नजिक बिहीबार एक साइकल यात्रीबाट स्रोत नखुलेको १५ लाख ७० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरीले मायादेवी गाउँपालिका–७, हरिरामपुरका ३० वर्षीय निरजकुमार मिश्रालाई उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार मिश्राले कालो झोलामा लुकाएर रकम राखेका थिए । झोलाबाट १,००० दरका ८९० वटा, ५०० दरका १,३२० वटा, १०० दरका १८० वटा र ५० दरका ४० वटा नोट बरामद गरिएको छ ।
हाल मिश्रालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने उनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाउने तयारी भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया