

खेलाडीको क्षमता अभिवृद्धि गर्न क्यानले ‘ब्याटिङ क्याम्प’ सञ्चालन गर्ने

काठमाण्डौ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ब्याटिङ क्याम्प’ सञ्चालन गर्ने भएको छ । क्यानले हिजो सूचना निकालेर युवा ब्याटरका लागि क्याम्प सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।
भोलि माघ ४ देखि १२ गतेसम्म त्रिवि र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने क्याम्पमा २० जना खेलाडीलाई बोलाइएको छ । उनीहरुलाई राष्ट्रिय टोलीका प्रशिक्षक मोन्टी देसाइको प्रत्यक्ष निगरानीमा राखिने छ । खेलाडीको क्षमता अभिवृद्धि गर्न यस क्याम्पको सञ्चालन गर्न लागिएको क्यानले जनाएको छ ।
क्याम्पमा खेलाडीहरु लोकेश बम, तृतराज दास, किरण ठगुन्ना, रित गौतम, आकाश त्रिपाठी, सोनु अन्सारी, अर्जुन कुमाल, अंकित सुवेदी, आशुतोष घिरैया, सोहेल कुँवर, अभिषेक तिवारी, विपिन रावल, सन्तोष यादव, नरेन भट्ट, उत्तम थापामगर, शुभ कंशाकार, इम्रान शेख, सन्तोष कार्की, सुजन थपलिया र अर्जुन घर्तीलाई बोलाइएको छ ।



खबर सबै
-
पछिल्लो तीन घण्टामा रोल्पाको लिबाङ गाउँमा सबैभन्दा बढी वर्षा
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया