

भलवाड ब्याडमिण्टन खेलको बचत रकम ‘माहिरा’को उपचारमा सहयोग

साझाकुरा, कपिलवस्तु । लामो समय देखि वोनम्यारो क्यान्सरबाट पिडित बाणगंगा ९ की माहिरा विश्वकर्माको उपचारार्थ भलवाड ब्याडमिण्टन खेल समुहले आर्थिक सहयोग प्रदान गरेको छ । कपिलवस्तुको बाणगंगा ९ भलवाडमा आयोजना गरिएको प्रथम भलवाड ब्याडमिण्टन कपको समापन समारोबाट आयोजकले बालिकाको उपाचारमा सहयोग गरेको हो ।
भलवाड ब्याडमिण्टन कप आयोजनाका लागि विभिन्न संघ संस्था तथा व्यवसायीहरुको सहयोगबाट सफलता पुर्वक सम्पन्न भएपछि उक्त प्रतियोगिताबाट बचेको रकम बोनम्यारो क्यान्सर पिडित बालिका माहिराको उपचारमा सहयोग गर्ने निर्णय अनुसार सहयोग गरिएको खेल समुहका अध्यक्ष नमराज गुरुङ्ले जानकारी दिए । उनका अनुसार माहिराको उपचारमा खेल समुहले ८ हजार रुपैयाँ प्रदान गरेको हो । समापन समारोहबाट बालिकाकी हजुरआमा दिलमाया सुनारलाई वडा अध्यक्ष कमल पौडेलले उक्त रकम प्रदान गरे ।
प्रतियोगिताका खेल संयोजक ज्ञानु बुढा मगर र आयोजक समुहका सदस्य रोशन बुढामगरले पहिलो पटक भलवाडमा ब्याडमिण्टन खेल आयोजना गर्दा यहाँका सबै संघसंस्था र व्यक्तिहरुको सहयोग प्राप्त भएको भन्दै यो सहयोग माहिराको उपचारमा सामान्य मलहम बन्न सकियोस भन्ने उद्धेश्यले सहयोग गरिएको बताए ।
माहिरा हाल काठमाण्डौँ स्थित पाटन अस्पतालमा उपचाररत छिन् । उनको थप उपचारका लागि भारत लैजान चिकित्सकले सुझाएपछि परिवार अहिले रकम जोहो गर्ने चिन्तामा छन् । उनी वडा नम्बर ९ भर्तापुर स्थित मनु विश्वकर्माकी छोरी हुन । ६ वर्षीय माहिराको जीवन रक्षाका लागि पछिल्ला दिनमा देश विदेशबाट सहयोगको अपिल पनि गरिएको छ ।


खबर सबै
-
पछिल्लो तीन घण्टामा रोल्पाको लिबाङ गाउँमा सबैभन्दा बढी वर्षा
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु






प्रतिक्रिया